७ वैशाख २०८१ शुक्रबार
अर्थ

सन् २०२२ भित्रै एक लाख रोजगारी सिर्जना गर्दै दराज

काठमाडौं – पछिल्लो समय नेपालमा अनलाइन सपिङप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ। व्यस्त जीवन बिताउनेका लागि घरमै बसीबसी आफूले चाहेको र रोजेको समान भनेकै समयमा अनलाइनमार्फत ‘सपिङ’ गर्ने सुविधा अनलाइन सपिङको पंक्तिमा अग्रस्थानमा रहेको दराजले दिइरहेको छ।

हालै दराजले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गर्दै दैनिक ७५ हजारभन्दा बढी नागरिकलाई सेवा दिइरहेको र उक्त संख्यालाई बढाउँदै सन् २०२२ सम्ममा नेपालभित्र एक लाख रोजगारी सिर्जना गर्ने जानकारी गराएको छ।

उक्त, कार्यक्रममा बोल्दै दराजका ग्लोबल सिइओ ब्यार्के मिकेल्सनले दराज एउटा खल्तीभित्र रहेको सपिङ मल, बजार र सम्पूर्ण समुदायको रुपमा रहेको जानकारी गराए। दराजले सफल व्यापारसँगै समुदाय र बजारलाई जोड्न सफल भएको उनको भनाइ छ।

‘दराज एक यस्तो विश्वविद्यालयको रुपमा विकसित कम्पनी हो जसले हरेक महिना पाँच सयभन्दा बढी नयाँ बिक्रेतालाई शिक्षित बनाउँदै उच्चस्तरीय अनलाइन तथा अफलाइन तालिम प्रदान गर्दै आएको छ,’ उनले भने, ‘दराज विश्वविद्यालय अन्तर्गत प्रत्येक महिना पाँच सय व्यापारीले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्।’

‘दराजले अहिले दुई लाख ५० हजारभन्दा बढी प्रकारका सामान एक सयभन्दा बढी समूहमा विभाजन गर्दे सेवा दिइरहेको र नेपालमा दैनिक पाँच हजारभन्दा बढीलाई रोजगारीको अवसर दिइरहेका छौं,’ उनले भने।

अबको २० वर्षभित्र अहिलेको डिजिटल प्रविधिले हामीले अपनाउँदै आएको संस्कृति, राजनीतिदेखि समाजसम्म गहिरो असर पार्न सक्ने जनाउँदै उनले समयको परिवर्तनसँगै डिजिटल युगमा नेपाललाई पनि अघि बढाउदै लैजाने उद्देश्य रहेको जानकारी गराए।

‘कम्पनीसँग सफलता सँगसँगै विभिन्न चुनौती पनि छन्। त्यस्ता चुनौतीको सामना गर्न कम्पनी तयार रहेर सेवामा लागिरहने छ,’ उनले थपे।

ग्राहकलाई भने अनुसार सेवा दिँदै निकट भविष्यमै दराज वालेट सेवा सञ्चालनमा ल्याउन लागेको उनले जानकारी गराए। नबिल बैंकसँगको सहकार्यमा सेवालाई थप प्रभावकारी बनाउन सफल भएको पनि उनले बताए।

कार्यक्रमलाई सम्बोधन कै क्रममा दराजका प्रबन्ध निर्देशक लिनो अर्लिङ र जय कवीले कम्पनीले सन् २०२२ सम्म सम्पन्न गरिसक्ने महŒवाकांक्षी योजनाबारे प्रस्ट पारेका थिए। उक्त समयसम्म एक लाख नेपालीलाई कम्पनीअन्तर्गत रोजगारी प्रदान गर्ने, ५० लाख उपभोक्तासामु अनलाइनमार्फत भुक्तानी सुविधा उपलब्ध गराउने, कम्पनीको प्रयोगकर्ताको संख्या ५० लाख पु-याउने लक्ष्य रहेको उनीहरुले जानकारी गराए।

त्यस्तै, सामान वितरण तथा आपूर्ति प्रक्रियालाई विद्युतीकरण गर्दै डिजिटल सेवाअन्तर्गत रहेर सेवा प्रदान गर्ने, २० हजार बिक्रेतालाई दराज विश्वविद्यालय अन्तर्गत तालिमको व्यवस्था गरी सेवामा सहजीकरण गर्ने तथा ई–कमर्स उद्योगको रुपमा शतप्रतिशत वृद्धि गराउने पनि कम्पनीको लक्ष्य रहेको प्रबन्ध निर्देशकद्वयले जानकारी गराए।

उच्च प्रविधि र सुरक्षासहित आफ्नो सेवालाई थप प्रभावकारी बनाउन र देशभरका कुनाकाप्चासम्म सेवा विस्तार हुने पनि उनीहरुको भनाइ छ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा कम्पनीले सार्वजनिक गरेको कार्ड पेमेन्ट गेटवे सिस्टमबाट आफ्नो सेवा लिन डेबिट तथा क्रेडिट कार्ड प्रयोगले क्रेता तथा बिक्रेतालाई निकै सहज र सरल भइरहेको उनले जानकारी गराए।

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव बुद्धिप्रसाद उपाध्यायले अहिलेको विज्ञानको युगमा अनलाइनसम्बन्धी कानुन निमार्णको संघारमा रहेको बताउँदै सरकारले देशभर इन्टरनेट सेवा विस्तारमा जोड दिएको धारणा राखेका थिए। ‘अहिलेको समय प्रविधिको विकासमा अडिग छ। प्रविधिले हाम्रो दैनिकीलाई सहज मात्र होइन, सुविधायुक्त पनि बनाउँदै लगेको छ,’ उनले भने।

सम्पूर्ण वित्तीय संस्थामा प्रविधिको विकाससँगै आम नागरिकको सहज पहुँचमा सरकारको ध्यान केन्द्रित रहेको उनले बताए। समयसँगै हाम्रो दैनिकीलाई पनि प्रविधियुक्त बनाउन सजिलो हुने भएकाले अहिले नेपालमा पनि ई–कमर्सले सफलता पाउँदै आएको उनको भनाइ छ।

अनलाइन प्रविधिसँग पछिल्लो समय युवा मात्र नभएर व्यवसायी, उद्योगी, विद्यार्थी तथा गृहणीसम्म जोडिँदै आएका कारण यसको विकास सँगसँगै सुरक्षाको हिसाबले पनि यो क्षेत्र सुरक्षित माध्ययम रहेको उनले बताए।

उक्त कार्यक्रमकै क्रममा दराजले बडादसैंको अवसर पारेर भदौ २९ देखि असोज १३ सम्म थुप्रै ब्रान्डमा थुप्रै छुट धमाका योजना लिएर आउने जनाएको छ।

के छन् दराजका सेवा ?
सन् २०१२ मा सुरु भएको दराजले इन्टरनेट प्रविधिमा आधारित मोबाइल एपबाट कपडा, विद्युतीय सामग्री, धरायसी सामान, मोबाइल फोन, फर्निचरका सामग्री, सौन्दर्यका सामान लगायत ब्रान्डेड जुत्ता, खेल सामग्री तथा ग्रोसरीका सामानमा उपयुुक्त छुटका योजनासहित उपभोक्तलाई उपलब्ध गराउँदै आएको छ।

काठमाडौं सहित पोखरा, चितवन, वीरगन्ज र विराटनगरसहित अन्य सहरहरुमा आफ्नो सेवा दिनका लागि मोटरसाइकल र भ्यानमा सयौं राइडरबाट कम्पनीले दराज एक्सप्रेसबाट डिएक्स सेवा दिँदै आएको छ।

त्यसो त दराजको क्रेज नेपालका हरेक कुनामा मात्र सीमित छैन। विश्वमै ई–कमर्सको रुपमा रहेको दराज कम्पनी चिनियाँ कम्पनी अलिबाबा डटकमको समूहमा आएपछि नेपाल जस्तै पाकिस्तान, श्रीलंका, बंगलादेश र म्यानमारमा पनि आफ्नो सेवाबाट ग्राहकका विभिन्न सुविधाका माध्ययमबाट जहाँ पनि व्यापार गर्न सफल छौं भन्ने कुरा प्रमाणित गरिसकेकोे छ।

दक्षिण एसिया प्रवेशसँगै सेवाको गुणस्तरमा जोड दिँदै आएको कम्पनी अहिले अनलाइन सपिङको संसारमा आफ्नो एकछत्र राज चलाइरहेको छ। आम मानिसको दैनिकीलाई परिवर्तन गराउन सफल दराजले विद्युतीय बजारको माध्ययमबाट नयाँ संसारको युग साबित गरिसकेको छ।

नेपालको नम्बर १ अनलाइन सपिङ कम्पनी दराज अहिलेको युगमा एउटा यस्तो व्यापारको मैदानको रुपमा आफूलाई चिनाउन सफल भएको छ। दराजले आफ्ना उपभोक्ताको असीमित चाहानलाई पूरा गर्दै आफ्नो उचाइ थप्न सफल भएको छ।

पछिल्लो समय दराजकै सिको गर्ने अन्य अनलाइन कम्पनीको जन्म नेपालमा भइरहेको बेला एसियामै उक्त कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने कोही पनि अनलाइन सपिङ साइटहरु खुल्न सकेका छैनन्। त्यसको एउटै कारण छ– आम नागरिकको दराजप्रतिको विश्वास र दराजको आफ्नो ग्राहकको चाहना र आवश्यकताप्रतिको जिम्मेवारी।

यसले संसारका ख्यातिप्राप्त ब्रान्डदेखि हाम्रो गाँउघरमा उत्पादित नेपाली पहिचान बोकेका उत्पादनसम्मलाई ग्राहकमाझ पु-याइरहेको छ।

दराजको परिचय अहिले व्यापारको मैदानको रुपमा मात्र सीमित छैन। हजारौं व्यापारीका सामानलाई विश्वस्तरीय, विश्वसनीय तथा गुणस्तरीय उत्पादनलाई खुला बजारकोे रुपमा लाखौं ग्राहकसम्म पु-याउने माध्ययमको रुपमा आफूलाई सफल प्रमाणित गरिसकेको छ। दराजले तुरुन्तै र सजिलो माध्ययमबाट दुई लाख ५० हजार उत्पादनलाई अहिले सयौंभन्दा बढी प्रकारका समानको रुपमा बिक्री गर्दै आएको छ।

नेपालमा रहेको दराजले दराज मलअन्तर्गत रहेर व्यावसायिक तालिमको साथसाथै १४ दिनभित्रै फिर्ता पोलिसीबाट पनि सेवाग्राहीसँग जोडिँदै आएको जनाएको छ। सन् २०१८ को सेप्टेम्बरमा नयाँ मोबाइल एप सञ्चालनमा ल्याएको दराजले अहिले उक्त एपको माध्ययमबाट व्यवसायलाई चुस्त रुपमा लोकप्रिय तथा तुलनात्मक रुपमा बिक्रेतालाई समेट्दै लगेको छ।

हजारौं व्यवसायीलाई कम्पनीसँग जोडेर उनीहरुको सामानलाई उच्च सुरक्षा योजनासहित ग्राहकवर्गलाई सेवा दिन कम्पनी सफल हुँदै गएको छ।

स्मार्टफोन भएका ग्राहकले आफ्नो फोनको गुगल प्लेमा गएर दराजको एप डाउनलोड गरी हजारौं उत्पादनमा पाइने विभिन्न उत्कृष्ट छुटमा सपिङ गर्न सक्छन्। देश डिजिटल युगमा प्रवेश गरेसँगै ई–कमर्सका सम्भावनाहरु बढ्दै गएका छन्। दराजबाट सपिङ गर्न तथा आफ्ना उत्पादनहरु बेच्न निकै नै सरल छ।

यसरी खोल्नुहोस् दराजभित्र आफ्नो पसल
दराजमा आफ्नो खाता खोली बिक्रेता बन्न कम्पनीले तीन चरण पार गर्दै दराजको सेवासँग जोडिन सकिन्छ। पहिलो चरण अन्तर्गत दराजमा आफ्नो पसल दर्ता गर्ने र उपलब्ध हुने सामानको सूची तयार पार्ने। आफूले बेच्ने उत्पादन र आफ्नो व्यवसायबारे जानकारी दिने। दर्ता र सूची गरिसकेपछि उपभोक्ताको अर्डर आउन थाल्नेछ र उत्पादनहरु बिक्री गर्न सकिनेछ।

दर्ता गरिसकेको व्यवसायबाट आफ्नो उत्पादन बिक्री गर्न सकिने जनाउँदै अडरको प्रयोग गर्दै बिक्रेता सेन्टरबाट आफ्ना अर्डरहरु व्यवस्थापन गर्न सकिने छ। ग्राहकको मागअनुसार आफ्ना उत्पादनलाई प्याकेजिङमार्फत ग्राहकसम्म पु¥याउन सकिने छ। डेलिभरी भएका वस्तुको मूल्य अनलाइनबाट भुत्तानी प्राप्त गर्न सकिने छ।
सामान बिक्री वितरण भइसकेपछि पसलबाट डेलिभरी भएको पैसा भने बैंक खातामा नै लिन सकिने जनाइएको छ।

दराजले विभिन्न चाडपर्वको अवसर पारेर भारी छुटका साथ सेवा दिँदै आएको छ। उक्त योजना अन्तर्गत वार्षिक लाखौं मानिसले आफ्नो बजेटलाई अझ सुरक्षित राख्दै सस्तोमा सेवाहरु लिइरहेका छन्।

प्रकाशित: १३ भाद्र २०७६ ०१:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App