coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिनियाँ सेनाका २२ जना काठमाडौंमा

फाइल तस्बिर

काठमाडौं - नेपाल–चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौंमा सुरु भएको छ।  यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ।  तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौं आएका छन्।

महाराजगन्जस्थित विशेष बाहिनी लक्ष्मी निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन्। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम दुई सातासम्म सञ्चालन हुनेछ।  तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने जनाइएको छ।  तालिम पर्यवेक्षणका लागि २० गते अर्को चिनियाँ टोली काठमाडौं आउने सेनाले जनाएको छ।

चीनले हालै सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा पनि छिमेकी मुलुकसँगको संयुक्त सैन्य अभ्यासलाई जोड दिएको छ।  चीनको राज्य परिषद्को सूचना कार्यलयले सार्वजनिक गरेको सो श्वेतपत्रमा नेपालसहितका छिमेकी मुलुकसँग गहिरो सैन्य साझेदारी बनाउन चाहेको भनिएको छ।

संयुक्त सैन्य तालिमको पूर्वतयारीका लागि नेपाली सेनाका महासेनानीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल केही समयअघी चीनको छेन्दु गएको थियो।  त्यसअघि चिनियाँ सेनाको प्रतिनिधिमण्डल पनि नेपाल आएको थियो। यसअघि ०७४ वैशाखमा दुई देशका सेनाले पहिलोपटक १० दिने संयुक्त सैन्य अभ्यास गरेका थिए।  पहिला संयुक्त सैन्य अभ्यास भनिएकोमा यसपटक भने संयुक्त तालिम नाम दिइएको छ।  तालिममा विपद् व्यवस्थापन र प्रतिआतंकवादका क्षेत्रमा थप अनुभव र उपलब्धि हासिल गर्न सहयोग पुग्ने सेनाले जनाएको छ।

चीनले हालै सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा पनि छिमेकी मुलुकसँगको संयुक्त सैन्य अभ्यासलाई जोड दिएको छ।  चीनको राज्य परिषद्को सूचना कार्यलयले सार्वजनिक गरेको सो श्वेतपत्रमा नेपालसहितका छिमेकी मुलुकसँग गहिरो सैन्य साझेदारी बनाउन चाहेको भनिएको छ।  चिनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशका सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको भन्दै प्रत्येक वर्ष ४० भन्दा बढी दुईपक्षीय सैन्य भ्रमण हुने जनाएको छ।  चीनले सबैजसो छिमेकीसँग उच्चस्तरीय सैन्य आदानप्रदान भइरहेको र बढ्दो रणनीतिक र आपसी विश्वासका क्षेत्रमा योगदान गरिरहेको जनाइएको छ।

उच्चस्तरीय सैन्य भ्रमण आदानप्रदानअन्तर्गत केही समयअघि प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा एक साता चीन भ्रमणमा गएका थिए।  उनको भ्रमणका बेला चीनले नेपाललाई दिने भनिएको विपद् व्यवस्थापन तथा मानवीय सहायतासम्बन्धी झण्डै साढे दुई अर्ब नेपाली रुपैयाँबराबरको प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको थियो।  चिनियाँ जनमुक्ति सेनाले पछिल्लोपटक नेपालमा २०७२ सालको भूकम्पपछि मानवीय सहायता र उद्धारका लागि औषधि र उपकरणसहित आठवटा विशेष टिम बनाएर एक हजार ८८ जना जनमुक्ति सेना खटाएको थियो।

नेपाली सेनाले अमेरिका, बेलायत, चीन, भारत, क्यानडा, बेल्जियम, डेनमार्क, पाकिस्तान, बंगलादेश, श्रीलंका, सिंगापुर, माल्दिप्स, फिलिपिनसँग पनि सिंयुक्त सैन्य अभ्यास गर्दै आएको छ।  यस्ता अभ्यास विशेषगरी विपद् व्यवस्थापनसँग सम्बन्धित छन्।

प्रकाशित: १३ भाद्र २०७६ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App