coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

ल्हारक्याल लामालार्इ भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं– विशेष अदालतले नेकपा माओवादी केन्द्रका सांसद रहेका ल्हारक्याल लामालाई अकुत सम्पत्ती आर्जन मुद्दामा सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३० लामा विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा अन्तिम फैसला सुनुवाइ विशेष अदालतले मंगलवार भ्रष्टाचारको मुद्दामा सफाई पाउने ठहर गरेको हो । लामाले अवैध रुपमा आर्जन गरेको भनी अख्तियारले दावी गरेको सम्पत्ति भन्दा धेरै सम्पत्तिको स्रोत पुष्टि गरेको भन्दै विशेषले सफाइ दिने फैसला सुनाएको हो ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई न्यायाधीशहरु प्रभा वस्नेत र महेशप्रसाद पूडासैनीको इजलाशले लामालाई निर्देष रहेको फैसला सुनाएको हो ।

विभिन्न समय लिएको राजनीतिक नियुक्तिबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको हो । गुम्बा व्यवस्थापन समिति अध्यक्ष, अर्थ राज्यमन्त्री र सभासद भएका लामाले ९ करोडभन्दा धेरै रकम गैरकानुनी स्रोतबाट आर्जन गरेको भन्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको थियो ।

लामा २०५८ साल पुस १९ मा नेपाली कांग्रेसको सिफारिसमा गुम्बा विकास समिति अध्यक्ष भएका थिए । त्यसपछि एमाले सरकारको नेतृत्वमा अर्थ राज्यमन्त्री भए । मन्त्री छँदै दोहोरो नागरिकता लिएको भन्दै विवाद चर्केपछि राजीनामा दिए । एमाओवादीबाट संविधानसभा सदस्य मनोनय भएका लामा पछिल्लोपटक बैंक लकरमा गोली भेटिएपछि विवादमा तानिएका थिए ।

आर्थिक वर्ष २०५८।०५९ देखि २०७२।०७३  सम्मको अवधिमा लामाको आम्दानीको स्रोत पुष्टि हुन नसकेको दाबी अख्तियारको छ । तलबभत्ता, जग्गा बिक्री, ऋण तथा सापटीसमेत गरी उनले पेस गरेको सम्पत्ति विवरणअनुसार ९ करोड ४४ लाख ७२ हजार रुपैयाँको स्रोत खुल्न नसकेको अख्तियारको आरोप छ ।

प्रकाशित: ३० कार्तिक २०७३ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App