coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस बैठकः भ्रातृ संस्थाबारे छलफल, जनप्रतिनिधिलाई नीतिगत निर्देशन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केही भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान स्वीकृति तथा कार्यसमितिको समयावधि सकिएको भ्रातृ एवं शुभेच्छुक संस्थाका बारेमा छलफल प्रारम्भ भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सो प्रस्ताव प्रस्तुत गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा सहमहामन्त्री डा प्रकाशशरण महतले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। 

त्यस्तै, बैठकमा स्थानीय तहमा पार्टीकातर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ। 

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना, नवीन्द्रराज जोशी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका थिए। 

केन्द्रीय कार्यसमितिको अर्को बैठक यही भदौ १३ गते बिहान ११ बजे पुनः बस्ने छ। 

प्रकाशित: १२ भाद्र २०७६ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App