सरकार एक्लैले डेंगु नियन्त्रण गर्न सक्दैनः उपप्रम यादव

बिहिबार, १२ भदौ २०७६, २० : ३० नागरिक संवाददाता

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ। 

विहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरे। पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रण भन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिको साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सर्तकता अपनाउने तर्फ तयारी भइरहेको बताइन्। उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरि मृत्युदर घटाउनेतर्फ उपचारलाई केन्द्रीत बनाउनुपर्नेमा जोड दिइन। तीन तहका सरकारका आआफ्ना क्षेत्राधिकार रहेकाले यस सम्बन्धी जनचेतना अभिवृद्धिको साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको उनको भनाई छ।

मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिले सम्म १ हजार ५ सय ३७ जना विरामी परेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय विश्वका आधा भन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातो रातो बिबिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन्।






यसमा तपाईको मत

अन्य समाचार

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

सामसङले  ग्यालेक्सी S10/S10 + तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ मा विशेष छुटको अफर ल्याएको छ । ...

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad