८ वैशाख २०८१ शनिबार
राजनीति

कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन निधिको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट स्टेटविरुद्ध आन्दोलनका लागि तयार रहन युवाहरुलाई निर्देशन दिएका छन्। बिहिबार राजधानीमा आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दे उनले निर्देशन दिएका हुन्।

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिद्याउने खेलमा लागेको भन्दै उनले कम्युनिष्ट स्टेटविरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए। उनले सरकारले नया विधेयकहरुमा पनि सम्पुर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरि व्यवस्था गरेको आरोप लगाए।

सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य संचालन व्यवस्था माथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन्। कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फ्रेन्समार्फत मन्त्रीपरिषद् बैठक बस्न सक्ने गरि कानुननै संसोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन्।

उनले अधिनायकवादी प्रवृत्तिबाट कानुन नै परिर्वतन गरेर मन्त्रीपरिषद् बैठक संञ्चालन गर्न नपाईने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए।

उनले भने ‘कार्यपालिकाको प्रमुख विरामी परेर विदेश जानुभयो। त्यो पनि कानुनमै संशोधन गरेर। देशका कानुनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विराधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानुन परिर्वतन गरेर मन्त्रीपरिषद् बैठक संञ्चालन गर्न पाईदैन। यो खतरनाक संकेत हो।’

प्रकाशित: १२ भाद्र २०७६ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App