काठमाडौं- मलेसियामा जारी एएफसी सोलिडारिटी कपअन्तर्गतको फाइनल खेलमा आन नेपाल मकाउसँग खेल्दै छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा हुने खेल नेपाल र मकाउबीचको यो छैटौं भेट हो।
यसअघि दुर्इ देशबीच भएको ५ खेलमा नेपालले ३ मा जित, १ मा बराबरी र अर्को १ मा हार व्यहोरेको थियो।
एएफसी सोलिडारिटी कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइ बेकरमा ३–० गोल अन्तरले पराजित गरेको थियो। खेल सवा ५ बजे शुरू हुनेछ।
प्रकाशित: ३० कार्तिक २०७३ ११:०१ मंगलबार