coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्वप्रधानमन्त्रीकै गृहजिल्लाको अस्पताल देखेपछि डा. केसी चिन्तित

अस्पतालका मेसुसँग अस्पतालको अवलोकन गर्दै डा. गोविन्द केसी । तस्बिरः नागरिक

डडेल्धुरा– डडेल्धुरा अस्पताल पुगेका डा. गोविन्द केसीले स्वास्थ्य उपचारको स्थिति देख्दा चिन्ता व्यक्त गरेका छन्। बिहिबार बिहान करिब ११ बजे अस्पताल पुगेका डा. केसीले पुर्वप्रधानमन्त्रीको जिल्लामा स्वास्थ्य उपचार सेवा गुणस्तरीय हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।

अस्पतालका मेडिकल सुपरिटेडेण्ड डा. जितेन्द्र कडेलसँग अस्पतालको अवस्थाबारे बुझ्दै खस्किँदै गएको गुणस्तरका कारण स्थानीयले सरल स्वास्थ्य उपचार नपाएको प्रति डा. केसीले चिन्ता व्यक्त गरे। बारम्बार पुर्वप्रधानमन्त्रीको गृहजिल्लामा गुणस्तरीय उपचार प्रदान गर्ने अस्पतालको व्यवस्थापन गर्न नसकेको बिषय डा. केसीले दोह-याए। मेसु डा. कँडेलसँग कुराकानी गर्दै डा. केसीले गर्न नचाहेको वा गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरका हुन्। पुर्वप्रधानमन्त्रीको गृहजिल्लामा उनले चाहेपछि अहिले पनि अस्पतालको राम्रो व्यवस्थापन गर्न सक्नु हुन्छ होला। डा.केसीले भने, ‘गर्न नसक्नु भएको हो। वा गर्न चाहनु भएन।’

अहिलेको सरकारले पनि अस्पतालको व्यवस्थापन गर्न सक्ने भए पनि नगरेकोप्रति उनले चिन्ता व्यक्त गरे। आफु पर्यटकका रुपमा डडेल्धुरा आएको र केही दिन घुमफिर गर्ने वा जान पनि सक्ने दोहोरो कुरा डा. केसीले नागरिक न्यूजसँग गरे। 

अस्पताल पस्दै गर्दा नागरिक न्यूजसँग पनि डा. केसीले अस्पतालको वस्तुस्थिति बारे जानकारी दिन भनेका थिए। बुधबार डोटी अस्पतालमा पुगेर अस्पतालबारे जानकारी लिनु र बिहिबार डडेल्धुरा अस्पतालबारे जानकारी लिनुले डा.केसीले यसअघि थालेको सत्याग्रहमा सुदुरपश्चिमको डडेल्धुरा वा डोटीमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने भनि सरकारसँग राखेको मागबारे अध्ययन गर्न पुगेको अनुमान गरिएको छ। अस्पताल अवलोकनपछि पनि डा. केसीले यसबारे पछि भनौंला भन्दै अस्पतालबाट निस्केका थिए।

एक महिना अघिसम्म १३ जना चिकित्सक अस्पतालमा रहे पनि अहिले समायोजनका कारण अस्पतालमा तीन जना मात्रै चिकित्सक रहेकाले सेवा प्रवाहमा समस्या भएको मेसु कँडेलले डा. केसीलाई जानकारी गराएका थिए। अस्पतालको अवस्थाबारे जानकारी गराएपछि डा. केसीले राष्ट्रले राम्रोसँग हेर्नुपर्ने ठाँउ हो। किन यस्तो भएको छ भन्ने धारणा मात्रै राखेको मेसु कँडेलले बताए। ‘उहाँ किन आउनु भयो भनेर हामिले पनि सोधेनौ’ डा. कँडेलले भने। उहाँलाई अस्पतालको वस्तु स्थितिबारे मैले संक्षिप्तमा जानकारी गराएपछि उहाँको प्रतिक्रिया पुर्वप्रधानमन्त्रीको गृहजिल्लामा अस्पतालको व्यवस्थापन राम्रो हुनपर्ने भन्ने मात्रै थियो’ डा. कँडेलले भनिन् ‘अरु कुरा वा कुनै प्रसंग उहाँले हामिसँग कोटाउनु भएन। अस्पतालेको वस्तु स्थितिबारे उहाँलाई जानकारी गराए उहाँको पहलबाट पनि समाधान हुन सक्छ कि भन्ने हाम्रो बुझाई छ।’

अस्पतालको रुटिन सर्भिस पनि असहज हुने अवस्थामा रहेको मेसु कँडेलले बताए। आफु एमडिजिप, एक जना फिजीसियन र एक जना मेडिकल अफिसर चिकित्सक गरि अहिले अस्पतालमा तिन जाना मात्रै चिकित्सक रहेकाले असहजको स्थिति रहेको उनले बताए। युएसजि गर्न सक्ने आफु एक्लै भएकाले पनि अहिले कुनकुन सेवा दिन सक्ने नसक्नेबारे पनि अन्यौलता रहेको उनको भनाई छ।

साथै केही समय पहिले अस्पतालमा भएको तोडफोडका कारण पनि सुरक्षा घेरामा उपचार गर्नु पर्ने स्थिति अझै सहज हुन नसकेको उनले बताए। अरु काममा व्यवस्था देख्दादेख्दै पनि उपचार गर्न आउने वा विरामीका सहयोगीले गाली गर्ने, धम्काउने स्थिति कायमै रहेकाले अहिले नै सुरक्षा हटाउन पनि नसकिने उनको भनाई छ। एक तिर स्वास्थ्य उपचार नै नहुन सकिरहेका बेला अर्कातिर चिकित्सकलाई धम्काउने परिस्थितिका कारण कुनै पनि चिकित्सक डडेल्धुरा अस्पतालमा आउन नमान्ने उनले बताए।

प्रकाशित: १२ भाद्र २०७६ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App