coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा चुनौति

काठमाडौं- जलवायु परिर्वतनका कारण विश्वभर नै मानवीय स्वास्थ्यका क्षेत्रमा चुनौति थपिदै गएको छ। जलवायु परिर्वतनका कारण पछिल्ला १९ बर्षमा विश्वभर विभिन्न २१ वटा नया रोगहरु देखा परेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहिबार राजधानीमा गरेको स्वास्थ्य प्रणालीमा सुधार विषय अन्तरक्रियामा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जलवायु परिर्वतनका कारण नयाँ नयाँ रोगहरुको प्रकोप बढ्दै गएको बताए। उनले सन् २००० यता २१ वटा नया रोगहरु देखा परेको बताए। सिमित मुलुकमा देखिदै आएको डेंगु ८/ १० बर्ष भित्र विश्वका २५/३० वटा मुलुकमा पुगेको बताए। जलवायु परिर्वतनका कारण मानवीय स्वास्थ्यमा गंम्भीर समस्या देखिने क्रम बढेको भन्दै उनले प्रभाव न्यूनीकरण गर्ने उपायबारे सबै क्षेत्र र वर्गबाट पहल गर्नुपर्ने आवश्कता औल्याए।

उनले सन् २००४ मा नेपालको चितवनमा देखिएको डेंगुको समस्या अहिले ६ वटा प्रदेशका ४२ जिल्लामा पुगेको तथा कालाजार र औलोको समस्या पनि पुन देखा परेको भन्दै समयमै ध्यान पुर्याउनुपर्ने आवश्यकता औल्याए।

मन्त्रालयले जलवायु परिर्वतनबाट उत्पन्न स्वास्थ्य समस्या, सम्बोधन र भविष्यमा अपनाउनुपर्ने रणनीति लगायत विषयमा सरोकारवाला पक्षसंग छलफल गरेको हो।

प्रकाशित: १२ भाद्र २०७६ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App