coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सोमाली सेनाद्वारा अल–शबाबका नेता पक्राउ

मोगादिसु– सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ। अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो।

सोमाली राष्ट्रिय सुरक्षा निकाय (निसा) का अनुसार मोगादिशुमा आइतबार गरिएको आक्रमणमा बनादिर प्रशासनका पूर्व सचिव मोहमद अमिन शेख एल्मीको मृत्यु भएको थियो। निसाले शंकास्पद आक्रमणकारीलाई मोगादिशुमा गिरफ्तार गरिएको छ। उनको घरमा खानतलासी गर्दा मोबाइल फोन, ब्याट्री र अरु बम बनाउन प्रयोग गरिने सामान बरामद गरेको थियो।

एल्मीको सवारी साधनलाई लक्षित गरी आइतबार भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए। अलकायदासँग सम्बद्ध अल–शबाब समूहले पश्चिमा मुलुकको समर्थनमा बनेको सोमाली सरकार सत्ताच्यूत गर्न केही वर्षदेखि सशस्त्र संघर्ष गरिरहेको छ। यही समूहले आइतबारको आक्रमणको पनि जिम्मेवारी लिएको थियो।

सोमाली सरकार र अफ्रिकी युनियनका सैनिकले अल–शबाब विरुद्ध मध्य र दक्षिणी सोमाली क्षेत्रमा भिषण कारबाही गरिरहेका छन्। तैपनि, विद्रोहीहरुले सोमालियाको धेरै ठूलो भूभागमा कब्जा गरिरहेका छन्। उनीहरुले सडक लगायतका विभिन्न ठाउँमा विद्युतीय धराप बिछ्याएर सुरक्षाफौज र सर्वसाधारणको ज्यान लिने गरेका छन्। सिन्ह्वा

प्रकाशित: १२ भाद्र २०७६ ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App