लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ

बिहिबार, १२ भदौ २०७६, १२ : ४७ नागरिक

पर्सा- जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुई भारतीय पुरुषसहित एक नेपाली महिलालाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध ओसारपसारमा संलग्न रहेका पर्साको पर्सागढी नगरपालिका वडा नं १ निवासी तारादेवी पासवान र भारत बिहारको मोतिहारी निवासी धर्मेन्द्र साह कानु र पिन्टु पासवानलाई प्रहरीले सार्वजनिक गरेको हो।     

पर्साबाट भारततर्फ लैजाँदै गरेको चार किलो गाँजासहित तारादेवीलाई र वीरगञ्जको रजतजयन्ती चोकबाट एक हजार दुई सय थान सुइजन्य लागुऔषधसहित कानु तथा पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।     

उनले सीमावर्ती भारतीय सहर रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका कानु र पासवानलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा उनले बोकेको झोलाबाट प्रतिबन्धित लागुऔषध नर्फिन चार सय थान, डाइजोल्याब चार सय थान र फेनारगन चार सय थान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।     

त्यसैगरी पर्साको ग्रामीण भेगबाट महिलालाई प्रयोग गरी लागुऔषध ओसारपसार भइरहेको पूर्व सुचनाका आधारमा पर्साबाट रक्सौलतर्फ पैदल जाँदै गरेकी तारादेवीलाई रोकी जाँच गर्दा शरीरमा लुकाइछिपाइ राखिएको चार किलो गाँजा बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको नायब उपरीक्षक थापाले जानकारी दिए।     

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाउनुका साथै लागुऔषध मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad