पहिरोपीडितलाई आर्थिक सहयोग

बिहिबार, १२ भदौ २०७६, १२ : १६ नागरिक

दोलखा- जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन्। अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली युवाहरुले पहिरोपीडितका लागि आर्थिक सहयोग गरेका हुन्।

दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाइमा सङ्कलन भएको एक लाख रुपैयाँ, अष्ट्रेलियामा रहेका जिल्लाका युवा राजकुमार खड्का र विष्णु थापाको पहलमा सङ्कलन भएको एक लाख २७ हजार ३ सय ३० रुपैयाँ र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेलको अगुवाइमा सङ्कलन भएको ४१ हजार ५ सय ९२ रुपैयाँ र सोही समाजका सचिव लोकप्रसाद दाहालको अगुवाइमा सङ्कलन भएको २७ हजार ५ सय ५ रुपैयाँ गरी दुई लाख ९६ हजार ४ सय २२ रुपैयाँ पहिरोपीडितलाई सहयोग गरेको दोलखा समाज जापानका महासचिव रोशन थापाका दाजु राजेश थापाले जानकारी दिए।     

बुधबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच सहयोगवापत प्राप्त रकम गाउँपालिकाकी उपाअध्यक्ष उर्मिला थामीलाई हस्तान्तरण गरिएको थियो। रकम पहिरोपीडितको राहत र पुनःनिर्माणका लागि राहत कोषमा जम्मा गरिने उपाअध्यक्ष थामीले जानकारी दिए।

कार्यक्रममा पूर्वराज्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाकी इन्चार्ज देवी खड्का र प्रदेशसभा सदस्य विशाल खड्काको उपस्थितिमा रकम हस्तान्तरण गएिको थियो।रासस







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad