coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लाइसेन्स बनाउने दुई बिचौलिया पक्राउ

धनुषा-जनकपुर यातायात व्यवस्था कार्यालयमा कर्मचारीको मिलेमतोमा रुपैयाँ लिएर लाइसेन्स बनाइदिने दुई जना बिचौलिया पक्राउ परेका छन् । बुधबार घुस रकम लिएर लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीलाई ठगेको आरोपमा दुई जना पक्राउ परेको प्रहरीले जनाएको हो ।

सर्लाहीको मलंगवा नगरपालिका–११ बस्ने २५ वर्षका जितेन्द्र यादवले र महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षका पंकजकुमार सिंहले सेवाग्रहीसँग घुस रकम मागी लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुप विद्यालयको प्रांगणमा मोटरसाइकल लाइसेन्सका लागि ट्रायल परीक्षामा पास गराइदिने भन्दै धनुषाको मिथिला नगरपालिका–६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र धनुषाको सबैला नगरपालिका–१० बस्ने अरुणकुमार पंजियारसँग ७ हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । जितेन्द्रको साथबाट ४० हजार रुपैयाँ नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजातसमेत बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक शेखर खनालले जनाए ।
जितेन्द्रले १० जनाको सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने पंकजकुमार सिंहलाई दिएको १ लाख ५१ हजार रुपैयाँको एनआइसी बैंकको चेक दिएकाले उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो समय जनकपुर यातायात व्यवस्था कार्यालयमा बिचौलिया र कर्मचारीको सेटिङमा पैसा लिएर लाइसेन्स बनाइदिने धन्धा मौलाएको छ ।

प्रकाशित: १२ भाद्र २०७६ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App