coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सामाजिक सञ्जालको लत छुटाउन संगीत प्रशिक्षण

ललितपुर – पाटन दरबार परिसरमा रहेको मंगलटोल सुधार संघले निःशुल्क संगीत प्रशिक्षणको आयोजना गरिरहेको छ। पाटन दरबार परिसरमा भदौको पहिलो साताबाट सुरू भएको संगीत प्रशिक्षणमा २५ जना युवाहरू सहभागी छन्।

सामाजिक सञ्जालको लतका कारण फुर्सदिला भएका युवाहरूलाई लक्षित गरेको संगीत प्रशिक्षणको आयोजना गरिएको संघका संगीत व्यवस्थापक रुपेन्द्र पुरीले जानकारी दिएका छन्। ‘संगीत प्रशिक्षणले युवाहरूलाई सिर्जनात्मक हुन प्रोत्साहित गर्ने भन्नेमा आशावादी छौं’, उनले भने, ‘भदौको पहिलो सातादेखि सुरू भएको संगीत प्रशिक्षणको पहिलो चरणमा संगीतको विभिन्न सुरहरू सिकाइरहेका छौं।’

प्रशिक्षणमा संगीतका विभिन्न पाँच ताल सिकाउने गरिएको सांस्कृतिक संस्थानका संगीत प्रशिक्षक नरसिंहलाल श्रेष्ठले जानकारी दिए। ‘प्रशिक्षणमा करुवा, दादरा, रुपक, झपताल र श्रीतालजस्ता ताल सिकाउने योजना बनाएको छु। साँझ ५ बजेदेखि ७ बजेसम्म पाटन दरबार परिसरमा संगीतको गुञ्जयमान हुने गरेको छ, ’उनले भने।

कार्यक्रम संयोजक ज्ञानराजा श्रेष्ठका अनुसार प्रशिक्षणको पहिलो चरणमा हार्मोनियम बजाउन सिकाइनेछ। ‘पाटन दरबार परिसरका अलावा न्ह कहेद्या गुठीअन्तर्गत ललितपुरका हरिसिद्धि र लूभूमा शाही भजन सिकाइरहेका छौं,’ उनले भने।

प्रकाशित: १२ भाद्र २०७६ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App