१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आइसिएफसी–प्रहरी परिसर सम्झौता

काठमाडौं – आइसिएफसी फाइनान्स र महानगरीय प्रहरी परिसर काठमाडौंबीच सम्झौता भएको छ। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त सम्झौता भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सो अवसरमा संस्थाले कार्यक्रमसम्बन्धी सूचना, जानकारी तथा गतिविधि समावेश गरिएको पाँच सय थान डायरी प्रहरीलाई हस्तान्तरण गरेको पनि जनाइएको छ।

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीलाई उक्त सामग्री हस्तान्तरण गरेको उल्लेख छ।

प्रकाशित: १२ भाद्र २०७६ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App