७ वैशाख २०८१ शुक्रबार
समाज

डेंगी नियन्त्रणका लागि ललितपुर महानगरले कार्यक्रम गर्ने

काठमाडौं – ललितपुर महानगरपालिकाले डेंगी भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।  ललितपुर महानगरभित्र बसोबास गर्ने महानगरबासीको स्वास्थ्यमा संवेदनशीलता अपनाउँदै उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय महानगरको कार्यपालिका बैठकले गरेको हो।

पछिल्लो समय ललितपुर महानगर क्षेत्रमा पनि डेंगीका बिरामी देखिएका छन्।  ललितपुर महानगरपालिका चिरीबाबु महर्जनले भने, ‘ललितपुरमा डेंगी प्रभावित बिरामी देखिएकाले थप सजगता अपनाउन यस्तो निर्णय गरेका हौं। ’ महानगरको पहिलो दायित्व नगरवासीको सुरक्षा भएको बताउँदै उनले प्राथमिकताका साथ सम्बन्धित निकायका विज्ञहरुसँग छलफल गरेर कार्यक्रमको ल्याउन लागेको बताए।

सामाजिक विकास समितिका संयोजक एंव वडा २४ का वडा अध्यक्ष दिनेश कार्कीले डेंगी नियन्त्रणका लागि जनचेतना आवश्यक भएको बताए।  ‘जनचेतना आवश्यक छ।  जनचेतनाबिना केही पनि सम्भव छैन।  वडा वडामा छलफल गरेर कार्यक्रम ल्याउँछौ,’ उनले थपे।

उनका अनुसार डेंगी रोग भाइरस भएका पोथी लामखुट्टेले टोकेपछि लाग्छ।  फूल पार्नका लागि पोथी लामखुट्टेलाई पौष्टिक तत्व आवश्यक भएकाले मान्छेको रगतमार्फत उक्त पौष्टिक तत्व प्राप्त गर्न लामखुट्टेले मान्छेलाई टोक्छ।  यी लामखुट्टेले मान्छेलाई दिउँसो अर्थात उज्यालोमा मात्र टोक्छ।  यो लामखुट्टे सेतो र कालो रङको हुन्छ।  छिर्केमिर्के देखिन्छ।  घरवरिपरिको घरवरिपरि जमेको पानीमा बस्छ।  पूmल पनि त्यही पानीमा पार्छ।  सफा पानीमा यसले वृद्धि विकास गर्छ।  डेंगीका भाइरस भएका लामखुट्टेले सिधै अगाडिबाट टोक्छ।

ललितपुर महानगरले डेंगी नियन्त्रण गर्नका लागि लामखुट्टेको बासस्थानखोजी गरी लार्भा नष्ट गर्ने अभियान तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ।  महानगरले सरोकारवाला निकायसँग डेंगी नियन्त्रणका लागि ल्याउनुपर्ने कार्यक्रम तर्जुमा गर्न उक्त छलफल राखेको हो।

प्रकाशित: १२ भाद्र २०७६ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App