८ वैशाख २०८१ शनिबार
अर्थ

बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न अर्थमन्त्रीको चेतावनी

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंक चेतावनी दिएका छन्। बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उदघाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचतकर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न चेतावनी दिएका हुन्।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेकोप्रति अचम्म मान्दै यसलाई निक्षेपकर्ता माथिको खेलबाड भएको बताए। बैंकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिए।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिङ कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिए। बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेहि बन्न पनि अर्थमन्त्रीले आग्रह गरे। बैंकले गर्ने काम कारबाहीबारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गरे।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रदेश १ मा २ वटा प्रदेश २ मा ५ वटा प्रदेश ३मा २ वटा गण्डकी प्रदेशमा ४ वटा प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका  शाखा हरुको उद्घाटन गरेका थिए। शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ। थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ।

प्रकाशित: ११ भाद्र २०७६ १३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App