तुर्किस्तान पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

बुधबार, ११ भदौ २०७६, १८ : ४१ नागरिक

काठमाडौँ- पटक–पटक आकर्षक वैदेशिक रोजगारीमा लगाइदिने भन्दै ठगीका घटना सार्वजनिक भइरहे पनि घटना घट्ने क्रम भने रोकिएको छैन। विभिन्न बहानामा ठगी भइरहेकोे छ।     

पछिल्लो समयमा काजकस्तानको एक शहर तुर्किस्तान पठाईदिन्छु भनी विभिन्न व्यक्तिबाट रकम ठगी गरेको घटना सार्वजनिक भएको छ। वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँ जोरपाटी बस्ने रामेछापका ३४ वर्षीय हर्कबहादुर तामाङलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो।    

हर्कबहादुरले भोजपुर पौवादुम्मा गाउँपालिका– ६ बस्ने एक व्यक्तिलाई तुर्किस्तानमा सेक्युरिटी गार्डमा जागिर लगाइदिने र मासिक एक हजार दुई सय डलर तलब र खान बस्न समेत दिने प्रलोभन देखाइ नक्कली टिकट समेत बनाइ तीन लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।     

उनी अहिले सम्पर्क विहीन भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जोरपाटी एरियामा लुकिछिपी बसिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए।    

प्रारम्भिक अनुसन्धानको क्रममा उनले अन्य चारजना व्यक्तिबाट समेत जनही तीन लाख रुपैयाँका दरले रकम लिई ठगी गरेको खुल्न आएको उनले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad