७ वैशाख २०८१ शुक्रबार
समाज

बन्द कर्णाली सडक खुल्यो

जुम्ला– अविरल वर्षासँगै गएको पहिरोका कारण सोमबार साँझदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ। पहिरोको प्रकृति हेर्दा हप्ता दिनसम्म खुल्न नसक्ने भनिएको सडक डिभिजन सडक कार्यालयले एक दिनमै खुलाएको छ। राजमार्ग खुलेपछि आवतजावत सहज भएको छ। सडक बन्द हुदा अलपत्र परेका सवारीसाधन र यात्रु आफ्नो गन्तब्यतिर लागेका छन्।

कर्णाली राजमार्गको कालिकोट खण्डमा रहेको तिलागुफा नगरपालिका–७ छाप्रे गाउँको टाकुल्ला खोलामा पहिरो गएको थियो। गाँउ माथिबाट पहिरो आएपछि सडक बन्द  भएको थियो। माथिबाट ठुल–ठुला चट्टान सडकमा खसेर बाटो बन्द भएको हो। पहिरो जाँदा नजिकैका स्थानीय गाउँ छाडेर भागेका थिए। पहिरोका कारण तीन वटा बस्तीहरु जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलिले जानकारी दिए।

तत्काल स्रोत साधनको अधिकतम प्रयोग गरेर समयमै सडक खुलाउने पहल गर्न कर्णाली बासीले माग गरेका थिए। ठुला–ठुला पहिरो जादा यो वर्षको साउन भदौ महिनामै कर्णाली राजमार्ग तीन पटक बन्द भइसकेको छ। पहिरोका कारणले २४ घर समेत विस्थापित छन्। पहिरोका कारणले ४ घरमा पूर्ण क्षति भएको छ। अन्य २० घर पहिरोको जोखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘सोमबार बेलुका ५ बजे उज्यालो हुँदा बाढी पहिरो आएकाले मानवीय क्षति भने भएन,’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ।’

बाढी र पहिरोले बालीगाड लघु जलबिद्युत आयोजना भत्किएको छ। जसका कारणले बिद्युत आपुर्ति बन्द छ। पहिरो र बाढीका कारणले बालीगाड खोलामा रहेका पानी घट्ट बगाउनु साथै बाली र टाकुल्लाका बस्ती पनि जोखिममा परेको स्थानीय धीरबहादुर शाहीले बताए। ‘तल्लो क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् उनले भने, ‘अहिले गाउँमा निकै त्रास फैलिएको छ। बाढी पहिरो पीडितहरु खुल्ला चौरमा बस्न बाध्य छन्।

प्रकाशित: ११ भाद्र २०७६ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App