coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झोला भिरेर डा. गोविन्द केसी एक्लै सुदूरपश्चिम पुगेपछि...

डोटी– चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा.गोविन्द केसी यतिबेला सुदूरपश्चिम पहाडको भ्रमणमा छन्। मंगलबार साँझ डोटी पुगेका डा. केसीले बुधबार डोटी जिल्ला अस्पतालको अवलोकन गरेका छन्।

एक्लै सुदूरपश्चिमका पहाड जिल्लाको अवलोकनमा निस्किएका डा. केसी डोटी र डडेल्धुरामा केही दिन बिताउने बताएका छन्। आफु सुदूरपश्चिम पहाड आउनुको कारण भने उनले खोल्न मानेका छैनन्। यद्यपी आफु पर्यटकका रुपमा सुदूरपश्चिम चढेको केसीले बताए। उनले भने ‘म पर्यटकका रुपमा यहाँ आएको हुँ,’ जिल्ला अस्पताल डोटीमा उनले संक्षिप्त प्रतिक्रिया दिदै भने। जिल्ला अस्पताल पुग्दा उनले अस्पतालको बस्तुस्थिति, बिरामीहरुको अवस्था नियालेको र सामान्य रुपमा यहाँको जनस्वास्थ्यको सवालमा कुराकानी गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. भुषण मिश्रले बताए। ‘उहाँले अस्पतालको बस्तुस्थिति, भौतिक पूर्वाधारको अवस्था र मेडिकल पूर्वाधारहरु नियाल्नुभयो,’ उनले भने, ‘यसबाहेक केही बिरामीहरुलाई हेर्दै सामान्य कुराकानी गर्नु भएको भो’ डा. भुषण मिश्रले भने।

मेडिकल सुपरिटेण्डेन्ट मिश्रले आफुसँग पनि डा. केसीले आउनुको कारण केही उल्लेख नगरेको बताए। उनले भने, ‘उहाँले केही भन्नुभएन्। सायद यहाँको जनस्वास्थ्य स्थितिको बारेमा जानकारी लिन आउनुभएको हुनसक्छ।’ डा. केसी लामो समयदेखि चिकित्साक्षेत्रको सुधारको माग गर्दै संघर्ष गर्दै आईरहेका छन्। उनले आफ्नो संघर्षका क्रममा दुर्गममा पनि मेडिकल कलेज खुल्नुपर्ने माग राख्दै आएका छन्। जसमा उनले सुदूरपश्चिमको डोटी–डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान राख्दै आएका छन्।

१५ औँ अनशन तोड्दा सरकारसँग २०७५ साउन १० गते ‘डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन’ गर्ने भनिएको थियो। त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो। यद्यपी यो बुँदा एक वर्ष बित्दा पनि कार्यान्वयन भने भएको छैन्। त्यसैले पनि डा.केसीको सुदूरपश्चिम भ्रमण यस कारण भएको हुन् सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ११ भाद्र २०७६ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App