‘खेलकुद क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गर्नुपर्छ’

बुधबार, ११ भदौ २०७६, १४ : ४४ नागरिक

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको दफाबार छलफल सुरु गरेको छ। समितिले बुधबार विधेयकमाथि संशोधन दर्ता गराउनेहरुसँग छलफल गरेको हो। विधेयकमाथिको दफाबार छलफलमा सहभागी हुदै सांसदहरुले खेलकुद क्षेत्रको वृद्धि विकासका लागि राजनीतिक नियुक्तीलाई बन्द गर्नुपर्ने धारणा राखेका छन्।

संशोधनकर्ता लेखा समितिका सभापति भरतकुमार शाहले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा सरकारले नियुक्त गर्ने व्यवस्थाले दक्ष र योग्य भन्दा पनि राजनीतिक कार्यकर्ता नियुक्त हुने भएकाले सो सम्बन्धी प्रावधान संशोधन गर्नुपर्ने बताए।

त्यसैगरी सांसद विन्दा पाण्डेले तहगत रुपमा महिला सहभागीताको सुनिश्चितता गर्नुपर्ने धारणा राखे। त्यसैगरी जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय र राष्ट्रिय खेलाडीको परिभाषामा स्पष्ट मापदण्ड बनाउनुपर्ने तर्क गरे। सांसद सुर्य पाठकले खेलकुदको नेतृत्व व्यवसायीक व्यक्तिलाई दिने सुनिश्चितता गरिनुपर्ने बताए। भरत शाह, विन्दा पाण्डे, जीवनराम श्रेष्ठ र सूर्य पाठकले संशोधन हालेका थिए।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नयाँ ऐनले व्यवहारमा देखिएका समस्या निरुपण गर्दै खेलकुदको क्षेत्रका समस्या सम्बोधन गर्ने गरि मार्गदर्शन गर्ने गरि खेलकुद क्षेत्रको बृहत्तर हितलाई केन्द्रमा राखेर छलफल गर्न मन्त्रालय सधै तयार रहेको बताए।

राष्ट्रियसभामा उत्पति भएको खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझावसहित प्रतिनिधिसभामा पठाएको हा । 





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad