coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फुटपाथमा गीत गाएर पेट पाल्ने महिलालाई सलमानले दिए ५५ लाखको घर

मुम्बई– बलिउड अभिनेता सलमान खानले फुटपाथमा गीत गाउने एक महिलालाई ५५ लाखको घर उपहार दिएका छन्। 

पछिल्लो समय भारतमा रानू मण्डल नामकी महिला रल्वे स्टेशनमा लता मंगेश्वरले गाएको सन् १९७२ को फिल्म ‘शोर’को गीत ‘एक प्यार का नगमा है’ गाएर चर्चामा छिन्। एक यात्रीले उनले गाउँदै गरेको गीतको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि उनी भाइरल भएकी थिइन्। उनी बलिउड गायकका नजरमा पनि परिन्। गायक हिमेश रेशमियाले उनलाई बोलाएर आफ्नो फिल्ममा गीत गाउन समेत लगाएका छन्। 

यसका आलावा हिमेशले रानूलाई आफू जज रहेको सोनी टेलिभिजनको रियालिटी शो सुपर सिंगरमा विशेष अतिथिका रुपमा बोलाएर गाउन लगाए। कार्यक्रममा  उनले सलमानका पिता सलीम खानको भनाई सम्झिए– ‘यदि कोही ट्यालेन्ट भेटियो, मनभित्रैबाट लाग्यो कि उसमा प्रतिभा छ भने उसलाई अगाडि लिएर जानुपर्छ।’ 

यसैक्रममा भारतको ‘न्यूज १८’ ले सलमानले रानूलाई बस्नका मुम्बईमा ५५ लाखको घर उपहार दिएको उल्लेख गरेको छ। यतिमात्रै होइन रानूको आवाजबाट प्रभावित भएर सलमानले आफ्नो फिल्म दबंग ३ मा उनको स्वरमा एक गीत समेत रेकर्ड गराउने भएका छन्। 

रानूले सुपर सिंगर कार्यक्रममा रेल्वे स्टेशनमा गाउनुको बाध्यता पनि खुलाइन्। ‘म रेल्वे स्टेशनमा गाउथें। किनकी मसँग बस्न घर थिएन। गीत गाएरै पेट पाल्थे। कोही विस्कुट दिन्थे त कोही पैसा।’

सामाजिक सञ्जालकै कारण अहिले रानूको भाग्य चम्किएको छ। पुरै जीवन गरिबीमा बिताएकी उनको भाग्य केही मिनेटको भिडियोले चम्काएको हो। उनी अहिले जताततै छाएकी छिन्। 

प्रकाशित: ११ भाद्र २०७६ ०८:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App