coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कटुवा पेस्तोल बरामद

धनुषा - धनुषामा सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा एक थान हत्यिार बरामद गरेको छ। औरही गाउँपालिका—३ बिकमपुर स्थित सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बुधबार विहान कटुवा पेस्तोल बरामद गरेको हो।

सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको देखेपछि बी आर ३२ जी एच ७६२ भारतिय नम्बर प्लेटको गाडीमा सवार भएका मानिस मोटरसाइकल र हत्यिार फालेर फरार भएको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजु उप्रेतीले जनाए।

औरहीबाट बालगंगा तर्फ आउँदै गरेको ती मानिसले पेस्तोल फालेर फरार भएको थियो। फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए।

प्रकाशित: ११ भाद्र २०७६ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App