८ वैशाख २०८१ शनिबार
राजनीति

फास्ट ट्रयाकको रेखांकनमा हेरफेर, खोकनाका ऐतिहासिक क्षेत्र जोगाइने

नेपाली सेनाद्वारा बुधबार काठमाडौँ निजगढ द्रुत मार्ग निर्माणसम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग निर्माण कार्यको ढाँचा प्रस्तुत गर्दै आयोजना प्रमुख प्रा.स.र. शरदलाल श्रेष्ठ । तस्विर: रत्न श्रेष्ठ

काठमाडौं- नेपाली सेनाले काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको लागत १ खर्व ७५  अर्व लाग्ने जनाएको छ। एसियाली विकास बैंक (एडीबी)को सम्भाव्यता अध्ययन र प्रारम्भिक डिजाइनअनुसार  मूल्य अभिवृद्धि कर सहित उक्त लागत अनुमान गरिएको हो।

डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार-लेनडाँडा गरी दुई ठाउँमा रेखांकन परिवर्तन गरेको नेपाली सेनाले जनाएको छ। ७२. ५ किलोमिटर लामो सडकको प्रस्थान विन्दु खोकना हुनेछ भने अन्तिम विन्दु निजगढ रहने छ। पहाडी क्षेत्रमा सडकको चौडाई २५ मिटर र समथर क्षेत्रमा २७ मिटर रहने छ। यस अघि ७६.२ किमी प्रस्ताव थियो ।

धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकनाको सिकाली मन्दिर साथै कोदेश क्षेत्र संरक्षण गर्ने गरी द्रुतमार्गको रेखांकन परिवर्तन गरिएको हो। यस अघि खोकनावासीले ऐतिहासिक क्षेत्रको संरक्षण गर्नुपर्ने भन्दै विरोधमा उत्रिएका थिए।

सेनाले महादेवटारदेखी लेनडाँडासम्मको खण्डमा एडिवी द्वारा प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरु सहित रेखांकन परिवर्तन गरेको छ।

द्रुत मार्ग निर्माणको क्रममा १लाख ५१ हजार रुख काटिने अनुमान पनि नेपाली सेनाले गरेको छद्रुत मार्गको सम्पूर्ण कामको ८% प्रतिशत काम सम्पन्न भएको समेत सेनाले बताएको छ।

प्रकाशित: ११ भाद्र २०७६ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App