७ वैशाख २०८१ शुक्रबार
समाज

रंगशाला बनाउने खाल्डोमा डुबेर बालकको मृत्यु

ताप्लेजुङ– रंगशाला बनाउन खनिएको खाल्डोमा डुबेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा १ बालकको ज्यान गएको छ। मैवाखोला गाउँपालिका–३ साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रंगशाला निर्माणका क्रममा खनिएको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय मनकुमार चोङ्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। उनका अनुसार ३ जना साथीसँगै पौडी खेल्न गएका मनकुमारको डुबेर ज्यान गएको थियो। पौडी खेल्ने क्रममा डुबेका मनकुमारलाई स्थानीय र प्रहरीले डेढ घण्टापछि मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित: ११ भाद्र २०७६ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App