७ वैशाख २०८१ शुक्रबार
खेल

काठमाडौं म्याराथन पुसको पहिलो साता

काठमाडौं – प्रो स्पोर्ट्स प्रालिको आयोजनामा १३औं संस्करणको काठमाडौं म्याराथन आगामी पुसको पहिलो साता आयोजना हुने भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने म्याराथनमा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रो स्पोर्ट्सका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठले जानकारी दिए। पुस ५ गते हुने काठमाडौं म्याराथनमा मुख्य प्रतिस्पर्धा महिला र पुरुष फुल म्याराथन र हाफ म्याराथनमा हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो। म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएर माइतीघर, बानेश्वर, भक्तपुर, सल्लाघारी हुँदै पुनः त्रिपुरेश्वर आएर समापन हुनेछ। त्यस्तै ५ किमिको खुला दौड,  कर्पोरेट रिले, ५ किमीकै छात्रा र छात्र दौड र ३ किमिको ह्विलचेयर दौड पनि हुनेछ। यस्तै यस पटक फेमिली दौडसमेत राखिएको छ।

यसअघिका संस्करण असोजमा गर्दै आए पनि १३औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै यो संस्करण पुसमा सारिएको आयोजकले जानकारी दियो। म्याराथनका लागि काठमाडौं र भक्तपुर नगरपालिकासँग छलफल भइरहेको आयोजकले जानकारी दियो।

विजेताले पाउने पुरस्कार रकम भने खुलाएको छैन। गत वर्ष म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपियाँ प्राप्त गरेका थिए भने हाफ म्याराथनतर्फको विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेस्रोले १० हजार पाएका थिए।

सोही म्याथनबाट राष्ट्रिय कीर्तिमान बनाएको खण्डमा कीर्तिमान बनाउने खेलाडीलाई २ लाख रुपैयाँले पुरस्कृत गर्ने आयोजकले जनाएको छ। कीर्तिमान बनाउने खेलाडीका लागि पूर्वओलम्पियन रघुराज वन्तले प्रायोजन गर्नेछन्। पत्रकार सम्मेलनमा वन्तले कीर्तिमान बनाउने खेलाडीलाई २ लाख रुपैयाँ नगद दिने घोषणा गरेका हुन् । यसअघि पुरुषको म्याराथनमा वैकुण्ठ मानन्धरको नाममा २ घण्टा १५ मिनेट १ सेकेन्डको कीर्तिमान रहेको छ ।

प्रतियोगिताका लागि आयोजकले एयरलाइन्स पार्टनरको रूपमा ड्रागन एयरसँग सम्झौता गरेको छ।  प्रो स्पोर्ट्सका निर्देशक भवति राई र ड्रागनका नेपाल प्रमुख जानु मलेकुले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

यसअघिका संस्करण असोजमा गर्दै आए पनि १३औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै यो संस्करण पुसमा सारिएको आयोजकको भनाइ।

प्रकाशित: ११ भाद्र २०७६ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App