५ वैशाख २०८१ बुधबार
कला

वसन्तको विश्व काव्ययात्रा फेरि हुँदै

काठमाडौं – व्यवसायी तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरण गर्ने भएका छन्। एकल कविता वाचनका माध्यमले प्रवासमा बस्ने नेपाली समुदायलाई जागरूप गराउन विश्व काव्ययात्राको दोस्रो चरण आयोजना हुन लागेको जानकारी मंगलबार प्रेस विज्ञप्तिमार्फत गराइयो।

आगामी सेप्टेम्बर ८ देखि क्यानडाको टोरन्टबाट विश्व काव्ययात्राको दोस्रो चरणको सुरूवात हुँदैछ। विश्व काव्ययात्राको १८ औं शृंखलाको आयोजना क्यानडामा रहेको नेपाली साहित्य समाजले गर्दैछ। त्यसलगत्तै अमेरिकाको न्युयोर्कमा सेप्टेम्बर ११, भर्जिनियामा सेप्टेम्बर १५ मा काव्ययात्रा हुनेछ।

सन् २०१२ मा अमेरिकाको न्युयोर्कबाट सुरू भएको विश्व काव्ययात्रा बेलायत, भारत, जापान र अस्ट्रेलियालगायत देशमा पुगेर १७ औं शृंखला सम्पन्न भइसकेको छ। ‘कार्य व्यस्तताका कारण रोकिएको विश्व काव्ययात्राको दोस्रो चरणको सुरूवात गर्दैछु। व्यापार मेरो कर्म हो भने सिर्जना मेरो धर्म हो। विश्व काव्ययात्राको दोस्रो चरणले नेपाली साहित्यको बगैँचालाई मलजल गर्दै सुवासित फूलहरू फक्र्याउने काम गर्नेछ भन्नेमा आशावादी छु,’ उनले भने।

प्रकाशित: ११ भाद्र २०७६ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App