७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्रतिबन्ध हटाउन अमेरिकासमक्ष इरानको आग्रह

तेहरान – इरानमाथि लगाइएको सबै प्रतिबन्ध हटाउन संयुक्त राज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू वार्ताका लागि खुला रहेको बताएको भोलिपल्टै इरानी राष्ट्रपति रौहानीको यस्तो प्रतिक्रिया आएको हो।

‘पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो। इरानमाथि लगाइएका सबै गैरकानुनी, अन्यायपूर्ण र गलत प्रतिबन्धहरु फिर्ता हुनु पर्छ,’ सरकारी टेलिभिजनबाट प्रशारित एउटा भाषणमा राष्ट्रपति रौहानीले बताए। ‘सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ,’ भन्दै राष्ट्रपति रौहानीले भने, ‘संयुक्त राज्य अमेरिकालाई लागेको सबैभन्दा ठूलो चिन्ताको विषयका रूपमा रहेको आणविक बम बनाउने कुरा हामीले पहिलै नै त्यागिसकेका छौं।’

सर्वोच्च नेता खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश (फत्वा) जारी गरिसकेको इरानी दाबी छ।

‘यदि अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिले नै सम्बोधन गरिसकेका छौं। इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ,’  राष्ट्रपति रौहानीले बताए। सर्वोच्च नेता खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश (फत्वा) जारी गरिसकेको इरानी दाबी छ।

‘त्यसर्थ तेहरान–वासिङ्टनबीचको तनाव कम गर्न पहिलो कदम अमेरिकाले नै चाल्नुपर्छ। अमेरिकी कदम बेगर यो गाँठो खुल्दैन,’ तेहरानमा एउटा हाउजिङ परियोजनाको शिलान्यास समारोहमा सम्बोधन गर्दै राष्ट्रपति रौहानीले भने। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रूपमा अलग हुँदै इरानविरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासहित विश्वका ६ शक्तिशाली राष्ट्रका प्रमुखहरुले इरानको आणविक सम्झौता तोड्ने सर्तमा सन् २०१५ मा तेहरानसँग आणविक सम्झौता गरेका थिए।

आफ्नो चुनावी अभियानबाट नै इरानसँगको सम्झौताको विरोध गरेका ट्रम्पले गत वर्ष सो सम्झौता अपुग भएको भन्दै एकतर्फी रूपमा हात झिकेका थिए। अमेरिकी कदम आएलगत्तै तेहरानले पनि सन् २०१५ को आणविक सम्झौताका प्रावधानहरु क्रमशः तोेड्दै गएको छ। तेहरान र वासिङ्टनबीचको तनावका कारण खाडी क्षेत्रलगायत कैयौं क्षेत्रमा व्यापक सुरक्षा तैनाथी गरिएका छन् भने कहिले इरानका त कहिले बेलायतलगायतका तेल बोकेका ट्यांकर नियन्त्रणमा लिने काम पनि भइरहेका छन्।

प्रकाशित: ११ भाद्र २०७६ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App