७ वैशाख २०८१ शुक्रबार
समाज

अभिभावक भेलामा झडप

सर्लाही – सर्लाहीको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकास्थित केश्वर गरिब जनता माविको अभिभावक भेलामा झडप भएको छ । झडपमा दुईजना घाइते भएको विद्यालयले जनाएको छ ।

झडपमा हरिपूर्वा नगरपालिका–१ का ३० वर्षीय मनोज राय यादव र ५ नं. वडाका ३१ वर्षीय खगेन्द्रप्रसाद यादव गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

टाउकोमा चोट लागेका घाइते दुवैजनालाई उपचारका लागि जनकपुरतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

प्रकाशित: ११ भाद्र २०७६ ०२:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App