८ वैशाख २०८१ शनिबार
राजनीति

कश्मीरको विषयमा सत्ता–प्रतिपक्ष चर्काचर्की

मकवानपुर– प्रदेश सभामा भारत प्रशासित जम्मू–कश्मीरको बिषयलाई लिएर प्रदेश ३ को सत्ता पक्ष र प्रतिपक्षीबीच चर्काचर्की भएको छ। प्रदेश सभा बैठकमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी लगायतका सांसदले सरकारले काश्मीरबारे नबोलेको भन्दै विरोध गरेभने नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसदहरुले सरकारको बचाउ गरेका थिए।

नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले कश्मीरको विषयमा सरकारले आवाज नउठाएको भन्दै सत्ता बाहिर घोर राष्ट्रवादी हुने कम्युनिस्ट लम्पसारवादी भएको आरोप लगाउँदै चर्को विरोध गरे। ‘सानै देश भए पनि ब्रिटिस समयमा समेत नेपाल सार्वभौम राष्ट्र हो, कसैको गुलाम स्वीकारेनौ’, उनले भने, ‘कश्मीर बिषयमा सरकार जहिल्यै नजिकबाट नियाल्दै भन्छ, कति नजिकबाट नियाल्ने?’ 

‘भारत दक्षिण एसियामा हैकम जमाउन खोज्दैछ, तर विडम्बना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसमा प्रमुख अतिथी बनाइँदैछ’, उनले भनिन्, ‘जम्मु कश्मीरमाथि भएको अन्यायको बिरुद्ध नबोल्नु मोदी फाँसिवाद, विस्तारवाद, एकाधिकार पुँजीलाई रातो कार्पेट विच्छ्याएर स्वागत गर्नु हो।’

नेपाल मजदुर किसान पार्टीकी सांसद सिर्जना सायँजुले विश्वमा जम्मु कश्मिरको विषय गम्भीर रुपमा उठान भइरहेको भन्दै नेपाल सरकार जिम्मेवार बन्न नखोजेको आरोप लगाइन्। ‘भारत दक्षिण एसियामा हैकम जमाउन खोज्दैछ, तर विडम्बना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान दिवसमा प्रमुख अतिथी बनाइँदैछ’, उनले भनिन्, ‘जम्मु कश्मीरमाथि भएको अन्यायको बिरुद्ध नबोल्नु मोदी फाँसिवाद, विस्तारवाद, एकाधिकार पुँजीलाई रातो कार्पेट विच्छ्याएर स्वागत गर्नु हो।’

नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालले नेपालले असंग्लन परराष्ट्र नीति अवलम्बन गरेकाले तटस्थ बसेको भन्दै सरकारको बचाउ गरे। ‘हामी शान्तिपूर्ण ढंगले दुनियाँ बदल्न चाहन्छौ, सार्वभौम राष्ट्रहरुको आ–आफ्नो क्षमता हुन्छ, निर्णय हुन्छ,’ उनले भने, ‘हामी असंग्लन परराष्ट्र नीति अवलम्बन गर्छ यो सरकारक, कस्ले कुन बेला के खोज्छ, हाम्रो सरकार अबिचलित छ, परिचालित हुनेछ हामीले निर्णय गरेका छौ।’

नेकपाका सांसद बसन्त मानन्धरले प्रदेश बजेट कार्यान्वयनमा चुनौती रहेकाले पेचिलो भइरहेको भन्दै भ्रमण बर्ष नजिकिए पनि पोलहरुमा असरल्लो तारका कारण सुन्दरतामा कमी आएको बताए। यस्तै, कांग्रेसका सांसद दिपेन्द्र श्रेष्ठले सामाजिक सुरक्षा लागु नभएको भन्दै प्रदेश सभामार्फत् संघीय सरकारलाई खबरदारी गरेका थिए।

प्रकाशित: १० भाद्र २०७६ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App