८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ लागेर वृद्धाको मृत्यु

ओखलढुंगा– ओखलढुंगामा सोमबार वर्षासँगैको चट्याङले लागेर एक वृद्धाको ज्यान गएको छ। जिल्लाको सुनकोशी गाउँपालिका–१ भिरगाउँकी ६८ वर्षिया कृष्णमाया मगरको चट्याङ लागेर मृत्यु भएको हो। 

घरनजिकै बारीमा घाँस काट्दै गरेका मगरलाई एक्कासी चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन। उद्धार गरी घर ल्याउँदै गर्दा मगरको मृत्यु भएको स्थानीयको भनाई छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पलात रुम्जाटरमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए। 

यसैबीच जिल्लाको चम्पादेबी गाउँपालिका–८ बिलन्दुका भोला बहादुर गुरुङको घरमा चट्याङ परेर आगलागी हुदाँ घर जलेर नष्ट भएको छ। मानवीय क्षति नभए पनि घर जल्दा करिब दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १० भाद्र २०७६ १६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App