८ वैशाख २०८१ शनिबार
समाज

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु

रुकुम– रुकुम पश्चिममा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका निर्माणधिन बादरपानी–गैरनेटा–स्याउलीबजार–कुरलपेउघा कृषि सड्कको काम गरेर फर्कने क्रममा दुर्घटना हुँदा सहचालक दाङ गढवा गाउँपालिका–७ का २६ वर्षीय उत्तमकुमार चौधरीलाई मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

सोमबार दिनभर काम गरेर राती आफ्नो बस्ने ठाउँमा फर्कदै गर्दा गाउँपालिका २ बारकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनका अनुसार रा १ क १०३० नम्बरको एस्काभेटर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। 

त्रिबेणी गाउँपालिका–७ मुरुका २७ वर्षीय असिम डाँगीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको डिएसपी खड्काले बताए। पक्राउ परेका डाँगी विरुद्ध सवारी ज्यान सम्बन्धि मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित: १० भाद्र २०७६ १५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App