coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

रिचार्जकै भरमा तस्करी

मेउडिहवा चेक प्वाइन्ट अगाडिबाटै साइकलमा थेग्न नसक्ने गरी नेपाल भित्रिदै अवैध सामान

भैरहवा– दसैं नजिकिँदै गर्दा तस्करहरु पनि सलबलाइरहेका छन्। सुरक्षा निकायले दैनिक जसो सामानहरु बरामद गरिरहेको छ। कहिले थोरै त कहिले धेरै। खुला सिमा नाकाका कारण तस्कर र प्रहरीबीचको तालमेल नमिल्दा पनि सामान बरामद भइरहेको छ भने समय समयमा सुरक्षा निकायका प्रमुखहरु सरुवा हुँदा चेनेल व्रिगीएर पनि तस्करीका समान बरामद हुन्छ। कहिलेकाँही त तस्करहरुको आफ्नो जोखिम मोलेर पनि सिमाका विभिन्न नाकाबाट प्रवेश गर्दा सामान बरामद भइरहेकै हुन्छ।

भैरहवा भन्सार कार्यालय पछाडी मेउडिहवामा छोटी भन्सार कार्यालय पनि थियो द्वन्द्वकाल बन्द भएको भन्सार कार्यालय अहिले सम्म संचालन नभएकाले तस्करहरुको मुख्य भित्री बाटो भएको छ। सशस्त्र प्रहरीको चेकिङ प्वाइन्ट भए पनि अगाडिबाटै साइकल भरि थेग्न नसक्ने गरी अवैध सामान नेपाल हात मिलाएर रिचार्जकै भरमा आइरहेको छ। नागरिक न्यूजकर्मीले तस्करलाई कसरी यति सामान ल्याइयो भनेर सोध्दा सबैलाई मिलाएर आएको कहि रिचार्ज कार्ड दिन्छु, त कहिँ पैसा सिमाबाट दैनिक लाखौं रुपैयाको सामान भन्सार अगाडीबाटै नै आउछ। केहीले त घरायसी प्रयोगका लागि ल्याउँछन भने केहीले त व्यवसायिक रुपमा नै ओसार पसार गरिरहेका छन्। घरायसी प्रयोगका लागि थोरै सामान ल्याउनेलाई सिमामा खटिएका प्रहरीले कडा चेकजाच गरे पनि व्यवसायिक रुपमा ल्याउने तस्करहरुसँग भने प्रहरीले हात मिलाएर वा रिचार्जको माध्यमबाट सम्बन्ध बनाएको छ। दैनिक जसो साइकलबाट, मोटर साइकलबाट र माइक्रो बसमासमेत विभिन्न ठाउँमा राखेर खुलेआम तस्करी भैरहवामा नभएको होइन्।

तीन तहको सुरक्षा भएको सिमा नाकाबाट भैरहवासम्म आउँदा सिमामै इलाका प्रहरी कार्यालय वेलहिया छ त्यसपछि भैरहवा भन्सार कार्यालयको मातहतमा भन्सार अगाडी नै करिब ६ देखि ८ जनासम्मको कार्यालय सहायक सँगसँगै ९ जना सशस्त्र प्रहरीको सुरक्षा हुन्छ। अलि पर फेरि बाइपास नजिक इलाका प्रहरी कार्यालय वेलहियाको कमाण्डमा ३ देखि ४ जना नेपाल प्रहरी र केही ट्राफिक प्रहरी तमतयार हुन्छन्। यसबीचमा कहिलेकाहिँ छड्के चेकजाच नि हुन्छ। वाइपास पछि फेरी डण्डा पुल नजिकै सशस्त्र प्रहरीको चेक पोस्ट छ जुन २४ घण्टै तैनाथ हुन्छ। यसरी ३ तहको सुरक्षाका बाबजुद पनि डण्डामा खटेको चेक पोस्टले प्राय दैनिक जसो सामान बरामद गरिरहेको हुन्छ। आखिर डण्डा प्रहरीले नै समात्ने हो भने अरु सुरक्षाकर्मी किन? या डण्डाको नजरमा हुने अन्य निकायको नजरमा नहुने हो कि यो सोचनिय विषय छ।

डण्डाले समात्ने अरु मुकदर्शक
बिहीबार पनि त्यसतै घटना भएको छ। जुन यसको उदाहरण पनि हो। बिहीबार दिउँसो २ वजेको कुरा हो, भन्सार राजस्व सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलले विभिन्न ३ वटा माइक्रोबाट अबैध रुपमा ल्याउदै गरेको इलेक्ट्रोनिक सामान तथा मोटरपाटर्सका सामानहरु बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक डीएसपी गोविन्द बहादुर खातीले पाएको सुराकीको आधारमा डण्डा चेक पोस्टमा को कमाण्डमा रहेको टोलीले बेलहियाबाट बुटवल जादै गरेको ३ वटा माइक्रो बसमा नेपालतर्फ भन्सार छली पैठारी गरी ल्याउँदै गरेको १ लाख ३९ हजार ३ सय ७० बराबर मुल्यको अवैध सामानहरु बरामद गरेको छ। ३ वटा फरक फरक बसमा बसको भित्री विभिन्न ठाउ र डिक्कीमा राखिएको ती इलेक्ट्रीक सामान कसको भनेर कसैले दाबी नगरेकोले चेक पोस्टमै चेकजाँच गर्ने क्रममा उक्त सामान नियन्त्रणमा लिइएको हो।

फेला पारिएको उक्त सामानहरु टाटाको मोटर पार्टस, साइकलका सामान, विद्युतिय मेटल कटर ,एमसीवी, कम्प्युटरको पावर सप्लाई, प्लग लाइटलगायतका इलेक्ट्रोनिक ,मोटरपाटर्सका सामान छन जसलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७६ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App