ट्रम्प जितको नेपाललाई पाठ

मङ्गलबार, ३० कार्तिक २०७३, १० : १९ पुरञ्जन आचार्य

राष्ट्रपति पदमा मतदानका लागि चार दिन बाँकी नै थियो अमेरिकामा ।  क्यान्सस राज्यमा बस्ने मेरा आफन्तले एकाबिहानै ‘मैले त राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई भोट हालेँ’ भनी फोन गरे । एकातिर अमेरिकामा मतदान गर्न केही दिन बाँकी नै छ भन्ने मेरो बुझाइ थियो भने अर्कोतिर नेपाली मूलका अमेरिकनले ट्रम्पलाई भोट हालेको कुराले मलाई आश्चर्यचकित बनायो । चिनियाँहरु ट्रम्पको चिन्तन, बोली र व्यवहारका कारण उनलाई ‘डोनाल्ड ड्रंक’ भन्न रुचाउँछन् । मलाई मेरा आफन्त पनि ड्रंकको सुरमा ट्रम्पलाई भोट हालेँ भनिरहेका त होइनन् भनी केहीबेर चिन्तित पा¥यो । तर त्यस्तो केही होइन रहेछ । ट्रम्पलाई भोट हाल्ने कारण उनीसँग प्रशस्त रहेछन् ।

ट्रम्पले ‘हिन्दुलाई प्रेम गर्छु’ भनेको नेपाली हिन्दुलाई होइन, भारतीयलाई हो । त्यो पनि चीनसँग घृणाका कारण ।  तसर्थ, ट्रम्पको हिन्दुसँगको लगावलाई अमेरिका जाने आकांक्षी नेपालीले अब भिसा सहज हुन्छ भनी दंग पर्नुपर्ने कारण छैन ।

‘अर्र्ली भोट पोलिङ’ अमेरिकामा सामान्य चलन रहेछ । अब रह्यो कुरा युवा नेपालीले ट्रम्पलाई किन भोट हाले होला भन्ने । उनले भनेका कारण प्राथमिकताका आधारमा यस्तो छ– पहिलो, ट्रम्प राजनीतिमा लामो समयदेखि संलग्न छैनन्, उनी पे्रmस छन् । राजनीतिलाई ट्रम्पले पेशा बनाएर धन आर्जन गर्ने माध्यम बनाएका छैनन् । उनी आफ्नै व्यापार÷व्यवसायबाट अमेरिकाको धनीमा सुपरिचित छन् भन्ने तर्क उनले अगाडि सारे । अमेरिकी राजनीतिकर्मी पैसा बनाउन ‘लविस्ट’ हुने गर्छन् । लविस्ट अर्थात नेपाली शब्दमा व्यापारीको दलाल भएर काम गर्छन् नेताहरु अमेरिकामा । नेताको दलालीले त्यहाँका जनताले दुःख पाएका छन् र त्यस्ता राजनीतिकर्मीलाई सजाय दिन पनि ट्रम्पको विजय अमेरिकाको राष्ट्रपति पदमा हुन जरुरी छ भन्ने तर्क उनको थियो । नेपालको राजनीतिक वातावरण र अमेरिकी अवस्था उस्तै रहेछ भनी मैले बुझँे । नेपालमा धेरैजसो राजनीतिकर्मी त्यही दलाली पेशा त गर्छन् नि । 

दोस्रो कारण, ट्रम्पले कर घटाएर अमेरिकी जनतालाई राहत दिन्छन् भन्ने हो । अमेरिकी जनताबाट उठेको कर कहाँ जान्छ र कसरी केमा खर्च गरिन्छ भन्ने बहस मतदाताका लागि चासोको विषय भयो अमेरिकामा । यो चासो खाली गोरो छालाको अमेरिकीलाई मात्र भएन, सानो ग्रोसरी पसल चलाउने नेपाली मूलका अमेरिकीलाई पनि भयो । वास्तवमा कर तिर्ने सबै अमेरिकीलाई कर घटाउने कुराले प्रभावित ग¥यो ।  जनताको करबाट उठेको पैसा अमेरिकी जनतामा भन्दा युद्ध सामग्री र सैनिक खर्चमा, कर्पोरेट बैंकलाई टाँट पल्टनबाट उकास्न, दलाललाई कमिसन दिन र अप्रभावकारी संयुक्त राष्ट्र संघलगायत विश्व एजेन्डामा कार्यरत संघ÷संस्थामा अमेरिकाले खर्च गरेका कारण अमेरिकी जनता आफू ठगिएको अनुभव गर्थे । आफ्नो करको सदुपयोग नभएको बुझ्थे ।

तेस्रो कारण, अमेरिकी जनता अमेरिका धेरै नै बाह्य जगतमा सक्रिय भएर आफ्नो देश र नागरिकप्रति गैरजिम्मेवार भएको अनुभव गर्थे । गरिबी, अभाव, बेरोजगरी, आप्रवासी समस्या, व्यापार घाटा, चीनको ऋण र सहयोगमा निर्भरता, मध्यपूर्व र अफगानिस्तानको लडाइँका कारण उत्पन्न इस्लामिक आतंकवाद यस्ता थुप्रै घरेलु मुद्दा थिए जसलाई अमेरिकी जनता त्यहाँको शासकले सम्बोधन गरेको हेर्न चाहन्थे । त्यसको निरुपणको खोजीमा थिए ।  सधैँ बाह्य जगतमा सैनिक उतार्ने र युद्धमा रमाउने अमेरिकी राजनीतिबाट त्यहाँका जनता आजित थिए । ट्रम्पको विजयसँंगै अमेरिका ‘आउटवार्ड लुकिङ भिजन’ बाट ‘इनवार्ड लुकिङ’ मा रूपान्तरित भएको ठानिँदैछ । अर्थात दोस्रो विश्वयुद्धपछि अमेरिकी धुरीमा निर्माण भएको विश्वको अर्थराजनीतिक व्यवस्था अब धर्मराउँदो र नेतृत्वबिहीन अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरु मान्छन् ।

चौथो कुरा, अमेरिकी जनता पार्टीमा पारिवारिक वर्चश्व अन्त गर्न चाहन्थे । डेमोक्रेटिक पार्टीमा क्लिन्टन र ओबामाको पारिवारिक वर्चश्व कायम हुँदै थियो भने रिपब्लिकन पार्टीमा बुस परिवारको । ट्रम्पको विजयसँगै यी दुवै पार्टीमा पारिवारिक वर्चश्व कमजोर भएर जाने विश्वास मतदातामा छ । ट्रम्पको विजयसँगै रिपब्लिकन पार्टीको ढाँचा नै परिवर्तनको संघारमा पुगेको पश्चिमा छापाहरुमा अहिले पढ्न पाइन्छ । पार्टीमा परिवारको वर्चश्व भनेकै पार्टीको क्षयीकरण र पार्टीमा वर्चश्व जमाउने परिवारका सदस्यहरु लबिस्ट हुने माध्यम बन्छ सहजै । अमेरिकामा लामो समयदेखि डेमोक्रेटिक र रिपब्लिकन पार्टीमा त्यही भइरहेको थियो । भारतमा भारतीय कांग्रेसको दयनीय स्थिति हुनुको कारण पनि त्यही हो र नेपालमा नेपाली कांग्रेस पनि त्यही बाटोतर्फ पुग्नेछ भनी  अनुमान गर्न सकिन्छ । 

डोनाल्ड ट्रम्पले अमेरिकी जनतासमक्ष अमेरिकी राजनीतिमा भएको गलत संस्कार र नीतिको आफ्नै शैली र संवादबाट सम्बोधन गरे प्रत्यक्ष । अमेरिकी प्रेस, अन्तर्राष्ट्रिय समुदाय, आफ्नै पार्टीका सिनियर साथीहरु कोही पनि साथमा थिएनन् ट्रम्पसँग । तर ट्रम्पले भनेका थिए सन् १९८७ मा ‘म राजनीतिमा लाग्दिन तर अमेरिकाको राष्ट्रपतिमा कुनै दिन उठे जित्छु ।’ सबैलाई आश्चर्य पार्दै अदम्य विश्वास साहस भएका ट्रम्प अमेरिकी जनताको भरोसा जित्न सफल भए । ट्रम्पको विजयको राजमार्ग उनी आफैँले मात्र कोरेका थिएनन् उनका प्रतिद्वन्द्वी हिलारी क्लिटन र वर्तमान राष्ट्रपति बराक ओबामाले पनि त्यसमा सहयोगी भूमिका खेले ।

हिलारी क्लिन्टन वासिंगटनको सबैभन्दा ठूलो ‘लबिस्ट’ अर्थात दलाल हो भनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीको प्रतिस्पर्धामा बराक ओवामा स्वयमले पाँच वर्षअगाडि आफ्ना पार्टी समर्थकमाझ सम्बोधन गरेका थिए । नर्थ क्यारोलिनामा ओबामाले गरेको त्यो भाषण र आज हिलारीसँग राजकाजको तीन दशक लामो अनुभव छ भन्ने भाषणबीच कही तालमेल नमिलेको अमेरिकी जनताले ओवामाबाट बुझे । नेताको स्मरण शक्ति कमजोर हुन सक्छ तर मतदाताको होइन भन्ने कुरा ओबामाले हेक्का राखेनन् । उता हिलारी क्लिन्टनका पति महोदयको क्लिन्टन फाउन्डेसन अनियमितता र भ्रष्टाचारको अखडा छ भन्ने सन्देश यसबीच निरन्तर प्रवाह भइरह्यो र यस्तो कुराको खण्डन पूर्वराष्ट्रपति बिल क्लिन्टनले प्रभावशालीरूपमा अमेरिकी मतदातासमक्ष राख्न सकेनन् । किन हो अमेरिकामा डेमोक्रेटिक पार्टीका धेरैजसो पूर्वराष्ट्रपति फाउन्डेसन खोल्छन् र ती सबै विवादास्पद र भ्रष्टाचारमा मुछिएका छन् भनी अमेरिकी जनता बुझ्ने गर्छन् ।

माथि अमेरिकी राष्ट्रपति निर्वाचन परिणामको चर्चा गर्नुपर्ने कारण के हो भने हामी नेपालीले अमेरिकाको निर्वाचन परिणामलाई कसरी बुझ्ने र के सिक्ने भन्ने नै हो । अझ नेपाली राजनीति संक्रमणकालमा रहेका बेला अमेरिकी निर्वाचन परिणामले हामीलाई केही मार्गनिर्देशन पक्कै गर्न सक्छ ।

अमेरिकामा गोरो जाति, क्रिस्चियन धर्मावलम्वी र अंगे्रजी भाषाको श्रेष्ठता कायम भएको एकथरी बुझ्छन् ट्रम्पको विजयसँगै । तर अमेरिकामा गोराहरुको बाहुल्यता भए पनि त्यहाँ विविध जाति, धर्म र भाषाका मानिस बस्छन र आफ्नो सुन्दर भविष्य निर्माणमा लाग्छन् । नेपालमा पनि पहाडी सांस्कृतिक समूह, नेपाली भाषा र हिन्दु धर्मका पक्षधरहरु बहुसंख्यक भए पनि यहाँ सबै जाति, धर्म र सांस्कृतिक समूहका मानिस बस्छन् । अर्थात, विविधतामा एकता नेपाललाई पनि आवश्यक छ र अमेरिकालाई पनि । छिमेकी भारत पनि आज एउटा राष्ट्र रहन सकेको छ भने त्यहाँको संविधानले विविधतामा एकता कायम राख्न सकेर नै हो । यदि अमेरिका, भारत र नेपालमा नश्ल र धार्मिक राजनीतिको अहंकार र श्रेष्ठता कायम गर्न खोजिएमा निश्चित छ यी देश टुक्रा टुक्रा हुनेछन् । यद्यपि भारतमा हिन्दु धर्मको श्रेष्ठतामाथि अहंकार गर्ने सरकार छ भने अमेरिकामा पनि अहिले त्यस्तै दक्षिणपन्थी सरकार आउने भएको छ डोनाल्ड ट्रम्पको नेतृत्वमा । नेपालमा भावी दिनमा के हुने हो अहिले यकिनसाथ भन्न सकिन्न । 

डोनाल्ड ट्रम्पले इस्लाम धर्म मान्ने मुसलमानहरुलाई आतंककारी मान्दै अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने सम्बोधनबाट आफ्नो चुनावी अभियान सुरु गरेका थिए । अनि हिस्पानिकहरुलाई पनि खुनी र बलात्कारी भन्न उनी डराएनन् । अमेरिका जस्तो पुरानो लोकतन्त्रमा ट्रम्पका यस्तै अभिव्यक्तिहरु अमर्यादित ठानियो र त्यहाँको सञ्चार क्षेत्र र बुद्धिजीवीले उनलाई अमेरिकाको राष्ट्रपति हुन अयोग्य भनी प्रचारप्रसार गरे । तर आमनागरिक जो बहुमतमा छन् तिनले सामाजिक, राजनीतिक र आर्थिक कारणले ट्रम्पमा आफ्नो भविष्य खोजे र उनैसँग जोडिए ।

नेपालमा केही मूलधारका राजनीतिक पार्टीहरु जातीय राजनीतिबाट अगाडि बढ्ने सोचमा देखिन्छन् । यद्यपि डोनाल्ड ट्रम्पको जस्तो अभिव्यक्ति नेपालमा कुनै पार्टीका नेताले अहिलेसम्म बोलेका छैनन् । वास्तवमा जातीय राजनीति अहिलेको विश्वमा सबैभन्दा ठूलो हतियार हुँदैछ सत्तामा पुग्ने, राष्ट्रवादको नारा घन्काउने । अमेरिकाको निर्वाचन परिणाम होस् कि बेलायतको युरोपियन युनियनसँगको आबद्धता नरहने जनमत परिणाम, यी सबै जातीय श्रेष्ठता र आर्थिक संकटबाट आएको बुझिन्छ । नेपाल त्यो बाटोमा हिँड्ने छैन र अपवाद हुनेछ भनी विश्वको राजनीतिक माहौल हेर्दा भन्न सकिने अवस्था छैन । तसर्थ नेपाल र नेपालीको भविष्य वर्तमान संक्रमणकाल समाप्त गरेर चाँडो संविधान कार्यान्वयनबाट अगाडि बढ्दा नै छ भनी राजकाजमा बस्नेहरुले स्मरण गर्नुपर्नेछ अहिले । 

नेपालका राजनीतिक दलहरु अनेकतामा एकता खोज्न संविधान संशोधन गर्न लागिपरेका छन् । यसमा धेरै चुनौती हुँदाहुँदै पनि अखण्ड नेपालका लागि यो बाटो जानुको विकल्प छैन यी दलसँग । तर बिर्सन नहुने कुरा के छ भने मधेसकेन्द्रित दलहरुको मागको सीमा र समाधान के हो ? मधेसकेन्द्रित दलहरुले यो अन्योलता चिर्न सक्नुपर्छ । अब मधेस आन्दोलन र माग मधेसी समुदायसँग मात्र सीमित छैन । यो आन्दोलनले विगतमा अखण्ड नेपाललाई प्रभावित र चुनौती दुवै गरेको थियो । यदि तराईमा दुई प्रदेश र अंगीकृत नागरिकता पाएकालाई कर्मचारी प्रशासनको उच्च पदमा पुग्न नरोक्ने हो भने यति सजिलो बाटो किन नलिने ? यी दुवै कुरा विगतमा नेपालका दलहरुले अंगीकार गरेका कुरा हुन । सुरक्षा र न्याय प्रणालीमा बाहिरबाट आएकाहरुले बिपी कोइरालाको सरकारलाई हार्दिकपूर्वक सहयोग गरेको कुरा कांग्रेसजन अझै गौरवका साथ भन्ने गर्छन् । फेरि मन्त्री अंगीकृत नागरिकता पाएको व्यक्ति हुन सक्ने अनि त्यही मातहतको कर्मचारीको पदोन्नतिमा मात्र शंका गरेर सुरक्षा निकायमा समेत रोक्ने कुरा कति जायज ठहर्छ ? सोचौँ ।

अन्त्यमा, डोनाल्ड ट्रम्पले ‘हिन्दुलाई प्रेम गर्छु’ भनेको कुरा पक्कै पनि नेपाली हिन्दुलाई होइन, भारतीयलाई हो । त्यो पनि चीनसँग उनको घृणाका कारण ।  सम्भवतः ट्रम्पले अहिलेसम्म यो पृथ्वीमा नेपाल देश पनि छ भन्ने कुरा जानेका पनि नहोलान् । तसर्थ, ट्रम्पको हिन्दुसँगको लगावलाई अमेरिका जाने आकांक्षी नेपालीले अब भिसा सहज हुन्छ भनी दंग पर्नुपर्ने कारण छैन । यो त्यस्तै दंग हो जस्तो चिनियाहरु डोनाल्ड ट्रम्पलाई ड्रंक भनी विगतमा उडाउँथे र यस्तो मानिस आफूले आदर्श ठानेको मुलुक अमेरिकाको प्रेसिडेन्ट कसरी हुनसक्छ र भन्थे । तर राजनीति अनिश्चितताबीच नै अगाडि बढ्छ । राजनीतिमा हुने अनिश्चितताहरु चिनियाहरुलाई बुझ्न सहज छैन नेपाली जति ।

जवाहरलाल नेहरु आफ्नो विश्वको इतिहासमा ‘साधारण मानिस जब असाधारण काम गर्छन् तब सभ्यता र साम्राज्यहरु समाप्त हुन्छन्’ भनी लेख्छन् । अमेरिका अहिले परम्परागत राजनीति त्यागी नयाँ चरणमा प्रवेश गर्दैछ  । नेपालमा पनि साधारण मानिसले राजनीतिमा असाधारण पराक्रम धेरै पटक देखाएका छन् । तर नेताहरु ड्रंक भए र समृद्धिका सबै अवसर गुमे । अझै नगुमाउँ । चेत भए ।





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad