coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारत तस्करी हुन लागेकाे मदिरा बरामद गर्दै प्रहरी

भारत तस्करी गर्न लाग्दा सिरहा प्रहरीले सीमावर्ती नाकाबाट बरामद गरेको मदिरा। तस्बिरः मिथिलेश /नागरिक

सिरहा– बरियारपट्टी गाउँपालिका १ मा दुइ जनाको घरबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित दुई जनालाई पक्राउ गरेको छ। सीमावर्ती घरमा मदिरा भण्डार गरि भारत लैजाने तयारी गरिरहेका दिनेश चौधरी र जोगिन्द्र चौधरीलाई मदिरासहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले नागरिक न्यूजलाई जानकारी दिए।

दिनेशको घरबाट प्रहरीले ८५ कार्टुन सोफी (मदिरा) बरामद गरेको छ भने जोगिन्द्रको घरबाट १०५ कार्टुन सोफी(मदिरा) बरामद गरिएको चतुर्वेदीले बताए। बरामद मदिराको बजार मूल्य १ लाख ६९ हजार ३ सय अनुमान गरिएको छ।
भदौ ८ गते प्रहरीले सिरहा नगरपालिका –१५ बुधौरा नाकाबाट नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये बुधौराकै ४० वर्षीय बलराम यादवलाई पक्राउ गरेको छ।

१८ वटा बोरामा प्याक गरिएको ९० कार्टुन मदिरा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेका यादव पक्राउ परेपछि बाँकी अन्य मदिराको बोरा फालेर भागेको प्रहरीले जनाएको छ। पक्राउ परेका बलराम नेपालबाट भारत मदिरा तस्करी गर्ने गिरोहका मुख्य मान्छे भएको प्रहरीले जनाएको छ। यादव र बरामद मदिरालाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाइएको छ।

साउन २५ गते सिरहाको सीमावर्ती बरियारपट्टी नाकाबाट प्रहरीले मदिरा बोकेको भारतीय गाडी पक्राउ गर्यो। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको एचआर ६६१४८७ नम्बरको स्कर्पियो जीप पक्राउ गरि कारबाहीका लागि जिल्ला भन्सार कार्यालय ठाढीमा बुझाइएको हो।

स्कर्पियो जीपभित्र ५० वटा कार्टुनमा प्याक मदिरा रहेको थियो। प्रहरीको गस्ती टोलीलाई देखेर चालक जीप छोडेर फरार भएका थिए। भारतको बिहार सरकारले मदिरा निषेध गरेपछि मदिरा सेवनका लागि तस्करले नेपालबाट मदिरा सीमावर्ती भारतीय गाउँसहरमा पुर्याउँदै आएका छन्।

पछिल्लो समय सिरहा प्रहरीले सीमादेखि सहरसम्म तस्करीमाथि निगरानी बढाएपछि मदिरा तस्कर र मदिार धमाधम पक्राउ पर्न थालेका छन्।

प्रकाशित: १० भाद्र २०७६ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App