७ वैशाख २०८१ शुक्रबार
समाज

अरिंगालको टोकाइबाट बालकको ज्यान गयो

अर्घाखाँची - जिल्लाको सन्धिखर्क–५, वाङ्गलामा अरिंगालको टोकाइबाट एक जनाको ज्यान गएको छ।  सन्धिखर्क नगरपालिका वडा नम्बर– ५, वाङ्गलाको बलेबाङ्गका १५ वर्षीय नन्दबहादुर कुमालको अरिंगालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए।

पारिवारिक श्रोतका अनुसार सोमवार बिहान ११ बजे अरिंगालले टोकेपछी बालकको घरेलु उपचार गरिएको थियो।  घरेलु उपचारले सम्भव नभएपछी घाईते बालकलाई ३ बजे जिल्ला अस्पताल सन्धिखर्क लगीएको थियो।   अस्पताल लैजाँदा धेरै ढिला भएका कारण बालकको ज्यान गएको जिल्ला अस्पतालले बताएको छ।  प्राथमिक उपचारपछि थप उपचारको निम्ति अन्यत्र लैजानुपर्ने अस्पतालले बताएको थियो तर, ५ बजेको समयमा बालकको मृत्यु भएको हो।

सोमबार बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगई नन्दबहादुर घर नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो।  अरिंगालले टोकेपछि नजिकैको एक घरमा गएर बालकले आफूलाई अरिंगालले टोकेको जानकारी गराएका थिए।  बालकलाई अरिंगालले टोकेको थाहा पाएपछि स्थानीय पार्वता मुखियाले बालकको घरमा खबर गरकी थिइन्।

प्रकाशित: १० भाद्र २०७६ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App