८ वैशाख २०८१ शनिबार
भिडियो

संस्कृतको ज्ञानबिना नेपालको इतिहास तयार हुन सक्दैन (भिडियो)

प्रा. दिनेशराज पन्त

काठमाडौं- संस्कृत भाषा मात्रै होइन। यो ठूलो वाङमयको निधि हो। नेपालको सन्दर्भमा हेर्दा संस्कृतको धेरै महत्वपूर्ण स्थान छ। विक्रमको १७ औं १८ औं शताब्दीदेखि संस्कृतमा नयाँ नयाँ अनुसन्धान हुन छोड्यो। त्यसले गर्दा यसमा नयाँ नयाँ कुराहरु कम आउन थाले।

संस्कृतको उन्नती गर्न सकिएन भने आयुर्वेदको उन्नती गर्न सकिँदैन। आयुर्वेदले एलोपेथीसँग जोडा लाग्न त सक्दैन तर नेपालको सन्दर्भमा यसको आफ्नै महत्व छ। सरकारले संस्कृतको महत्व बुझेको छ त्यसैले त संस्कृत विश्वविद्यालय छ। तर हामीले नै यसको महत्व बुझ्न सकेनौ कि ! विदेशीले संस्कृत विद्याबारे चाख राखेका कारण त्यसलाई आफ्नो विश्वविद्यालयमा राखेका हुन्। उनीहरुको अध्ययन अनुसन्धानले यसको उन्नती हुने होइन।

संस्कृत राम्रो नजान्नेहो भने नेपालको इतिहास तयार हुन सक्दैन। संस्कृतको नाममा घट गाग्रो जलम् पानी पढेर मात्र हुँदैन। यता अंग्रेजी पनि नपढ्ने संस्कृत पनि नपढ्ने गरेर हुँदैन। विस्तृत भिडियोमा...

प्रकाशित: १० भाद्र २०७६ ०७:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App