coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पहिचान बचाउन नाम परिवर्तन गर्दै कनकासुन्दरी

जुम्ला- जुम्ला कनकासुन्दरी गाउँपालिकाले एक बर्ष पहिले गाउँपालिकाको नाम परिवर्तन गर्न भन्दै कर्णाली प्रदेश सरकार समक्ष माग राख्यो। कनकासुन्दरीले समग्र सिँजाको इतिहास झल्काउन नसक्ने भन्दै खस हाटसिँजा गाउँपालिका नामाकरण गर्न पहल थाल्न अनुरोध गर्यो। कारण थियो,“बास्तविक सिँजाको पहिचान बचाउने र सिँजामा सबैको ध्यान केन्द्रित गर्ने। ” कनकासुन्दरीको नामले सिँजालाई कुनै फाईदा गरेन्,केबल धार्मिक क्षेत्रको मात्र पहिचान बोल्यो, गाउँपालिका अध्यक्ष नरजित रावतले भने,“साच्चिकैको सिँजाको बास्तविकता बोल्न सकेन्। त्यसलै नाम परिवर्तनको कामलाई अघि बढायौँ। गाउँसभा मार्फत निर्णय गरेर नाम परिवर्तनका बिषयमा औपाचारीक रुपमा अघि बढ्यौँ। ” नामका बिषयमा टुंगो लगाउन कर्णाली प्रदेशको निकै ढिला सुस्ती भएको उनले आरोप लगाए।

शुरुवाती चरणमा नामाकरणका बिषयमा गम्भीर नबन्दा अहिले धोका खाएको गाउँकार्यपालिका बताउँछ। पहिले बास्तविक सिँजालाई कनकासुन्दरी भनियो, बीचकोलाई सिँजा भनियो। सिँजा नामकरण गरेकै कारण बीचको सिँजाले लाभ लिन थाल्यो। सिँजाको ऐतिहासिक थलो भनेकै सिँजा गाउँपालिका भएको भन्दै प्रचार हुन थाल्यो। घाटा कनकासुन्दरीलाई पर्ने भएकोले बाध्य भएर नाम परिवर्तनमा लाग्नु पर्यो। त्यसै अनुसार नाम परिवर्तनको प्रक्रिया अघि बढेको छ। अहिले सिँजा गाउँपालिका नाम राखेकै कारण आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रित हुन थालेपछि सिँजा राज्यको अवशेष मेटिन थाल्यो। अध्यक्ष रावतले भने,“ अस्तित्व बचाउनकै लागि  भएपनि खस हाटसिँजा नाम राखिदिन कर्णाली प्रदेश सरकारलाई पत्र पठायौँ। ”

 स्थानीय नेताको अपरिपक्क निर्णयका कारण बास्तविक सिँजा ओझेलमा परेको जनप्रतिनिधि बताउँछन्।  कर्णाली प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले कनकासुन्दरी गाउँपालिकाको नाम परिवर्तन गरी खस हाँटसिजा नामाकरण गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। अध्यक्ष रावतले थपे,“कर्णाली प्रदेश सरकारले गरेको सिफारिस बोकेर सामान्य प्रशासन मन्त्रालयमा जादैछु। नाम परिवर्तन गर्नको कारणका बारेमा महत्ववोध गराएर फर्कन्छु। खस हाटसिँजा नामाकरण हुने बित्तिकै यहाँको धार्मिक, सांस्कृतिक र पर्यटकिय महत्व बढेर जानेछ। आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्ने छ, खस हाटसिँजा गाउँपालिका।   

 सिजा भनेर तल्लो सिजाले फाईदा लिन थाल्यो। सबै सिजाको अवशेष माथिल्लोमा हुने भएकोले यहाँको महत्व घट्दै गएको थियो। जुम्ला कालिकोटको सिनामा नाग्म बजार देखि माथिको भागलाई सिँजा उपत्यका भनिदै आएको छ। हालको कनकासुन्दरी गाउँपालिकामा सिँजा राज्यको खस दरवार, कनकासुन्दरी, पाण्डवगुफा लगायतका निकै महत्वपुर्ण स्थल छन्।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले एक बर्ष अघि नै नाम परिवर्तनका लागि कर्णाली प्रदेश सरकारमा प्रस्ताव पेश भएको बताए। उनले भने,“ प्रस्ताव आईसकेपछि नामका बिषयमा अध्ययन गर्न पटक पटक टोली खटाएका थियौँ, त्यो टोलीको अध्ययन अनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारीस गरिएको हो।” अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नामको टुंगो लगाउने छ। खस हाटसिँजा नाम राख्ने बिषयमा गाउँपालिका बासी एक मत छन्। कसैको आपत्ती नदेखिएकोले प्रदेश सरकारले नामाकरणका लागि सिफारिस अघि बढाएको हो।

यता सिँजा गाउँपालिका अध्यक्ष देवल रावल सिँजा गाउँपालिकाले माथिल्लो सिँजाको अस्तित्व समाप्त नगरेको दाबी गर्छन्। उनका अनुसार पहिले नै तल्लो सिँजा, सिँजा  र माथिल्लो सिँजा नाम पठाउन प्रस्ताव गरिएको थियो। तर त्यहाँका स्थानीयले कनकासुन्दरी नै राख्ने जिद्धि गरेका थिए।

कनकासुन्दरी गाउँपालिकाको हालको केन्द्र गोठिज्युला। तस्बिर : नागरिक

प्रकाशित: १० भाद्र २०७६ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App