६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

मुस्लिम विरूद्धकाे उत्पीडन राेक्न ट्रम्पकाे निर्देशन

वासिंटन–मुसलमान विरोधी अभिव्यक्ति दिएर चर्चा एवं विवादमा आएका डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि धेरै परिवर्तन भएका छन्। ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि मुसलमान, अफ्रिकी  अमेरिकी तथा ल्याटिन अमेरिकीमाथि भइरहेको उत्पीडनको समाचारबाट  आफू दुखी भएको बताएका छन्।  उनले उनीहरुमाथि भइरहेको उत्पीडन तत्काल  रोक्नसमेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

एक टेलिभिजनलाई दिएको एकघण्टा लामो अन्र्तवार्तामा ट्रम्पले  भने,‘ मुसलमान, अफ्रिकी अमेरिकन तथा ल्याटिन अमेरिकी नागरिकमाथि भइरहेको उत्पीडनको खबरले मलाई निकै दुखी बनाएको छ। र मैले यसलाई तत्काल रोक्न भनेको छु।’

उनले कुनै पनि जाति वा समुदायमाथिको अत्याचार बन्द गर्दै अमेरिकालाई एकजुट राख्ने बताए।  राष्ट्रपतिमा निर्वाचित ट्रम्पले समाजका केही बर्ग मुस्लिमदेखि डराएको उल्लेख गर्दै उनीहरुलाई कोहीदेखि नडराउनसमेत आग्रह गरेका छन्।  यसअघि ट्रम्पले आफू राष्ट्रपतिमा  निर्वाचित भए मुसलमानलाई अमेरिका आउन रोक्ने बताएर मुसलमान समुदायप्रति कडा नीति अपनाउने संकेत गरेका थिए। तर राष्ट्रपतिमा निर्वाचित भएपनि ट्रम्पले मुसलमानप्रति भइरहेको उत्पीडनप्रति दुख व्यक्त गर्दै त्यसलाई रोक्न निर्देशन दिएका हुन्। फरक प्रसंगमा ट्रम्पले आफू विरुद्ध भइरहेको प्रदर्शनप्रति प्रदर्शनकारी पेशेवर भएको टिप्पणी गरेका छन्।

 

प्रकाशित: ३० कार्तिक २०७३ ०३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App