६ वैशाख २०८१ बिहीबार
खेल

बार्सिलोनाको प्रभावशाली जित

मड्रिड – एन्टोनी ग्रिजम्यानको दुई गोलप्रेरित बार्सिलोनाले आइतबार रियाल बेटिसमाथि ५–२ को प्रभावशाली जितका साथ स्पेनिस ला लिगामा अंक खाता खोलेको छ।

साबिकको विजेता बार्सिलोना सिजनको पहिलो खेलमा गत साता एट्लेटिक बिलबाओसँग १–१ ले निराश भएको थियो। पूर्ण रूपमा फिट नभएका कारण पहिलो खेल बेन्चमा बिताएका लियोनल मेसी यस खेलमा पनि टोलीबाहिर रहेका थिए।

मेसीबिना पहिलो खेल हारेको भन्दै  प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले चर्को आलोचना भइरहेको छ।बार्सिलोनाको जितमा ग्रिजम्यानले २ गोल गरेका थिए भने चाल्र्स परेज, जोर्डी अल्बा र अर्टुरो भिडालले समान एक गोल गरेका थिए। बेटिसका नाबिल फिकिर र लोरेन मोरोनले समान एक गोल गरे पनि त्यो टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

बार्सिलोनाको प्रभावशाली जितएन्टोनी ग्रिजम्यानको दुई गोलप्रेरित बार्सिलोनाले आइतबार रियाल बेटिसमाथि ५–२ को प्रभावशाली जितका साथ स्पेनिस ला लिगामा अंक खाता खोलेको छ।

स्ट्राइकर लुइस स्वारेज र ओसामाने डेम्बेले चोटका कारण लामो समय मैदानबाहिर रहने पक्का छ। बार्सिलोनाले अर्को साता ओसासुनाविरुद्ध हुने खेलका लागि मेसी फिट हुने विश्वास गरेको छ। यता ग्रिजम्यानले आफ्नो क्षमता प्रमाणित गर्दै स्टार खेलाडीको अनुपस्थितिमा पनि टोलीलाई रबाफिलो जित दिलाएका हुन्।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ग्रिजम्यानका लागि १४ खेलमा यो पहिलो गोल हो। यसअघि उनले पूर्वक्लब रियाल सोसिडाडबाट ५ र एट्लेटिको मड्रिडबाट ८ खेल खेले पनि गोल खाता भने खोल्न सकेका थिएनन्।

१५औं मिनेटमा फिकिरको गोलबाट बेटिसले अग्रता बनाए पनि ग्रिजम्यानले मध्यान्तर हुनु ४ मिनेट बाँकी हुँदा बार्सिलोनालाई खेलमा फर्काएका थिए। ५०औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई खेलमा अघि बढाएका थिए। त्यसको १० मिनेट भित्र थप २ गोल गर्दै बार्सिलोनाले आफ्नो अग्र्रता ४–१ मा पु¥याएको थियो। ५६औं मिनेटमा पेरेज र त्यसको ४ मिनेटपछि अल्बाले बललाई जाली चुमाएका थिए। ७७औं मिनेटमा भिडालले बार्सिलोनाका लागि पाँचौं गोल गरेका थिए। त्यसको २ मिनेटपछि  नै  बेटिसका मोरोनले बललाई पोस्टको दिशा दिए पनि त्यो टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन।

‘सिजनको पहिलो खेलमा हार र स्टार खेलाडीको अनुपस्थितिले हामी जितको दबाबमा थियौं,’ ग्रिजम्यानले भने, ‘आजको जितले त्यो दबाब चिरेको छ। आगामी खेलमा पनि सुखद नतिजा आउनेमा आशावादी छु।’ बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ग्रिजम्यानका लागि १४ खेलमा यो पहिलो गोल हो।

प्रकाशित: १० भाद्र २०७६ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App