coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

न्युक्यासलको खाता खुल्यो

लन्डन – टोटेनह्यामका प्रशिक्षक माउरिसिनो पोचेटिनोले आफ्नो गल्तीका कारण आइतबार घरेलु मैदानमा न्युक्यासल युनाइटेडलाई अप्रत्याशित नतिजा सुम्पिनुपरेको प्रतिक्रिया दिएका छन्।

आइतबार भएको खेलमा टोटेनह्याम न्युक्यासलसँग १–० ले पराजित भएको थियो। पहिलो हाफमा जोयलटनले गरेको एक मात्र गोल न्युक्यासललाई जारी सिजन इङ्लिस प्रिमियर लिगमा जित खाता खोल्न पर्याप्त बन्यो।

‘खेलपछि विश्लेषण गर्न सहज छ। हामीले राम्रो खेलेनौं। म टोलीको प्रदर्शन र नतिजाबाट निराश छु,’ पोचेटिनोले भने, ‘हामीले पुनः एक पटक सिल्ली गोल खायांै। त्यसपछि खेलमा फर्कन कठिन भयो। हामीले उनीहरूको रक्षापंक्ति तोड्न सकेनौं र अवसरसमेत सिर्जना गर्न सकेनौं। हामीले खेलसमेत नियन्त्रणमा राख्दै आक्रामक खेल पस्कन सकेनौं।’

खेलको अन्तिममा टोटेटनह्यामले खेलमा फर्किने सुनौलो अवसर पाए पनि भिडियो सहायक रेफ्री (भिएआर) ले पेनाल्टी अपिललाई स्वीकृत गरेन। यसअघि गत साता म्यानचेस्टर सिटीविरुद्ध २–२ को बराबरी भएको खेलमा टोटेनह्याम भिएआरमा भाग्यमानी साबित भएको थियो। भिएआरले सिटीका ग्याब्रियल जिससले अन्तिममा गरेको गोललाई मान्यता दिएको थिएन।

न्युक्यासल यसअघिका खेलमा क्रमशः आर्सनल र नवप्रवेशी नर्विच सिटीसँग पराजित भएको थियो। टोटेनह्यामका ह्यारी केनलाई जमाल लासेल्सले लडाए पनि रेफ्री माइक डिनको प्ले अनको निर्णयलाई भिएआरले समेत निरन्तरता दिएको थियो।

टोटेनह्यामका क्रिस्टियन इरिक्सन यस पटक पनि मैदान उत्रिएका थिएनन्। उनी अन्यत्र जाने खबर सार्वजनिक भैरहेको छ। ‘टोलीमा क्षमतावान् खेलाडी भएर मात्र पर्याप्त हुँदैन। त्यसका लागि खेलमा लिइएको रणनीतिअनुसार प्रदर्शन गर्दै धेरैभन्दा धेरै गोलको अवसर सिर्जना गर्ने अवसर छ,’ पोचेटिनोले भने।

‘हामीले सुरुआती दुई खेल गुमाए पनि निरन्तर मिहिनेत ग¥यांै। त्यसको सुखद परिणाम आजको नतिजामा देखियो,’ न्युक्यासलका प्रशिक्षक स्टिभ ब्रुसले भने।
यसअघि आइतबारै चाँडो गरी भएको खेलमा साबिक विजेता सिटीले बर्नमाउथलाई ३–१ ले हराएको थियो। सिटीको  जितमा सर्जियो अग्विरोले दुई र रहिम स्लर्लिङले एक गोल गरेका थिए। बर्नमाउथका ह्यारी विल्सनले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन त्यो पर्याप्त भएन।

त्यस्तै उल्भरह्याम्पटन र बर्नलीले १–१ को बराबरी खेले। १३औं मिनेटमा एस्ले बार्नसले गरेको गोलमा बर्नलीले अग्रता लिएको थियो। तर खेलको अन्तिम मिनेटमा राउल जामिनेजले पेनाल्टीको सदुपयोग गर्दै उल्भरह्याम्पटनलाई खेलमा फर्काएका थिए। खेलको अन्तिममा टोटेटनह्याम खेलमा फर्किने सुनौलो अवसर पाए पनि भिडियो सहायक रेफ्री (भिएआर) ले पेनाल्टी अपिललाई स्वीकृत गरेन।

 

प्रकाशित: १० भाद्र २०७६ ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App