६ वैशाख २०८१ बिहीबार
खेल

हाप्किडो राष्ट्रिय प्रतियोगिता हुने

रोल्पा - रोल्पा मार्सल आर्टस हाप्किडो संघले ‘सहिद स्मृति मार्सल आर्टस हाप्किडो प्रथम राष्ट्रिय प्रतियोगिता’ गर्ने भएको छ । आयोजकले सोमबार सदरमुकाम लिवाङमा पत्रकार सम्मेलन गर्दै आउँदो कात्तिक १ र २ गते परिवर्तन गाउँपालिकाको पुत्लाचौरमा उक्त प्रतियोगिता सम्पन्न गरिने जानकारी दिएको हो । आयोजकका अनुसार खेल सम्पन्न गर्नका लागि रोल्पा मार्सल आर्टस हाप्किडो संघले तयारी सुरु गरिसकेको छ ।

प्रतियोगितामा सात प्रदेशका सात टिम र आयोजकको एक गरी जम्मा ८ टोली समावेश हुनेछन् । एक टोलीमा १६ खेलाडी समावेश गरिने आयोजकले बताएको छ । पुरुषतर्फ ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० केजी तौलसमूहका खेलाडी सहभागी हुनेछन् । त्यसै गरी महिलातर्फ पनि सोही तौलसमूहले सहभागिता जनाउनेछन् ।

खेलमा १६ स्वर्ण, १६ रजत, ३२ कांस्य गरी जम्मा ६४  पदक राखिएको छ । परिवर्तन गाउँपालिकाको मुख्य प्रायोजनमा हुने खेलको संयोजकका रूपमा महिला खेलाडी यमुना घर्तीमगर छिन् । आयोजकका अनुसार यस प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी, उदीयमान खेलाडी, प्रशिक्षक र निर्णायकलाई दश÷दश हजार रुपियाँ नगदसहित सम्मान गरिनेछ । त्यसै गरी  प्रथम, द्वितीय र तृतिय हुनेलाई आकर्षक ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
 

प्रकाशित: १० भाद्र २०७६ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App