coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना अघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाकालागि नेपाली दूताबासलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले सोमबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपाल ल्याउन निर्देशन दिएका हुन्। प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव बैरागीले नेपालकालागि साउदी अरेबियाका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराएका थिए।
बैरागीले प्रधानमन्त्रीको निर्देशन अवगत गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिन भित्रै शव नेपाल आउने विश्वास दिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रकाशित: ३० कार्तिक २०७३ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App