coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले प्यालेस्टाइनको नाम हटायो

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले विश्वका देश र राज्यको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकाको सो कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ ।

प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कँदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको जिकिर गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०१७ मा इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता प्रदान गरेको घोषणा गरेसँगै वासिङ्टनले प्यालेस्टिनी सरकारसँगको राजनीतिक सम्बन्ध तोडेको थियो ।

‘अमेरिकाको यो कदमले इजरायलको आक्रमणकारी रबैयालाई समर्थन मात्र गरेको छैन यसले त चरमपन्थी एवं घोर दक्षिणपन्थी इजरायली योजनालाई नै पूर्ण रुपमा समर्थन गरेको छ,’ प्रवक्ता रुदैनाहले जारी गरेको विज्ञप्तिमा अमेरिकी कदमको भत्र्सना गर्दै भनिएको छ ।

इजरायली रेडियोले अमेरिकी विदेश मन्त्रालयको भनाइ उद्धृत गर्दै प्यालेस्टाइनलाई दिइँदै आएको राज्यस्तरको मान्यता खारेज गरेको समाचार प्रसारण गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टाइनको नामसमेत आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०१७ मा इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता प्रदान गरेको घोषणा गरेसँगै वासिङ्टनले प्यालेस्टिनी सरकारसँगको राजनीतिक सम्बन्ध तोडेको थियो । सन् २०१८ को मे महिनामा इजरायलको तेल अभिभस्थित अमेरिकी राजदूतावासलाई अमेरिकाले जेरुसेलम स्थानान्तरण गरेको थियो ।

प्यालेस्टिनी विदेश मन्त्रालयले पनि आइतबार नै अमेरिकी पछिल्लो कदमको भत्र्सना गरेको थियो । ‘अमेरिकी सरकारको पछिल्लो निर्णयले इजरायल–प्यालेस्टाइनको वर्षौं पुरानो विवाद सुल्झाउने दुई–राज्य मोडेललाई जसरी पनि ध्वस्त पार्न चाहेको पछिल्लो घटनाले देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: १० भाद्र २०७६ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App