८ वैशाख २०८१ शनिबार
समाज

पशुपतिनाथको आरती प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथमा हुने साँझको आरतीलाई सबै माझ पु-याउनका लागि प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेको छ। सोमबार पत्रकार सम्मेलनमा सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई हिन्दूहरुको आस्थाको मुख्य थलो पशुपतिनाथको महत्वलाई मलीन हुन नदिनका लागि थप कार्ययोजना अघि सारेको बताएका हुन्।

मन्त्रालयले यस वर्षभित्र पशुपति क्षेत्रमा साझँमा हुने आरतीलाई प्रभावकारी र सबैका माझ पु-याउन प्रत्यक्ष प्रशारण गर्ने तयारी गरेको मन्त्री भट्टराईले जानकारी दिए। ‘आरती मात्रै होइन, प्रसाद घर निर्माण गर्ने, नियमित प्रसाद वितरणको व्यवस्था गर्ने, पाँचवटा विद्युतीय सवारी सञचालन गर्ने, तीन भाषामा प्रचारप्रसार सामग्री छाप्नेलगायत योजना बनाएर काम गर्छौं,’ उनले भने, ‘पशुपति क्षेत्र विकास कोषले यसलाई थप व्यवस्थित पार्नको लागि मुख्य भूमिका खेल्नेछ।’

प्रकाशित: १० भाद्र २०७६ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App