coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आदिवासी जनजाति महासंघमा गुरुङ अध्यक्ष

काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । महासचिवमा पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङ, उपाध्यक्षहरुमा चित्र थापा, पासाङ शेर्पा, तिलकुमार मेन्याङ्बो, कृपाशुर शेर्पा, शरण राई, ढकबहादुर थापा र शान्ता चौधरी निर्वाचित भएका छन् ।

दुई महासचिवमा टाँसी लामा र विजय लेप्चन रहेका छन् । त्यसैगरी चार सचिवमा पिके राई, देवराज राई, रामचन्द्र बल र शारदा कुमाल चयन भएका छन् । १८ सदस्यीय पदाधिकारीको कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ र सहकोषाध्यक्षमा रामप्रसाद चौधरी निर्वाचित भएका छन् ।

एक सय एक सदस्यीय केन्द्रीय समितिमा खुला तथा प्रदेशबाट ६७ जना चुनिएका छन् भने बाँकी ३४ सदस्य महासंघमा आबद्ध ३४ घटक संगठनका अध्यक्ष हुने व्यवस्था छ । गठन भएको १० वर्षपछि आयोजित पहिलो महाधिवेशनले मुख्य पदमा पुरानै नेताहरूलाई दोहो¥याएको हो ।

‘पार्टीभित्र एकताको सन्देश दिने गरी कमिटी सर्वसम्मत निर्वाचत गरिएको हो,’ केन्द्रीय सदस्य शिव गुरुङले भने, ‘एक पक्षले मात्रै जित्ने र राम्रो मानिस पाखा लाग्ने अवस्था नआओस् भनेर सर्वसम्मत निर्वाचित गरिएको हो ।’

प्रकाशित: ३० कार्तिक २०७३ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App