coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्र वितरण तयारी

धादिङ - धादिङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न तयारी थालिएको छ। हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित देशभर चलाइएको अभियानस्वरूप धादिङमा पनि वितरण तयारी गरिएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तयारीस्वरूप सदरमुकाम धादिङबेंसीमा राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सरकारी निकाय, स्थानीय तहका प्रतिनिधि र संघसंस्थाका प्रतिनिधिसँग विभागले परिचयपत्र वितरणबारे सुझाव संकलन गरेको छ । आगामी तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ। यो बहुउपयोगी हुने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुभाष ढकालले बताए। ‘संविधानको धारा १५ र ५१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको व्यवस्था गरिएको छ,’ उनले भने, ‘नेपाली नागरिकता तथा राहदानी दोहोरिने र दुरुपयोग हुने गरेकाले राष्ट्रिय परिचयपत्र वितरण आवश्यक छ।’

नागरिकता वितरणमा फर्जी काम बढिरहेका बेला विभागले राष्ट्रिय परिचयपत्र वितरणलाई भने वैज्ञानिक बनाएको जनाएको छ। नागरिकताजस्तो सिफारिस गरिएकै आधारमा राष्ट्रिय परिचयपत्र पाइनेछैन। त्यसका लागि सुरुमै जैविक परीक्षण गरेर विवरण संकलन गरेको विभागले वितरण पनि परीक्षणपछि मात्रै गर्नेछ।

 १० वटा डिजिटल नम्बर रहने परिचयपत्रमा नागरिकताको सबै विवरणका साथै हजुरबुबाको नाम, आमाको नाम, पति/पत्नीको नाम, हातका सबै औंठाको छाप, दुवै आँखाको तस्बिर, शैक्षिक योग्यता, पेसा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख हुनेछ।

१० वटा डिजिटल नम्बर रहने परिचयपत्रमा नागरिकताको सबै विवरणका साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औंठाको छाप, दुवै आँखाको तस्बिर, शैक्षिक योग्यता, पेसा, अस्थायी र स्थायी ठेगानासमेत उल्लेख गर्नुपर्नेछ। यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले आफ्नो परिचय पाउनेछन्। औंठाछापसहितको विवरण भएको परिचयपत्र स्मार्ट कार्डजस्तो हुने बताइएको छ।

यसरी परिचयपत्रमा नामथर, १० औंलाको छाप र आँखाको रेटिना, हस्ताक्षर र पेसासमेत उल्लेख हुने भएकाले आपराधिक घटनामा पनि कमी आउने विभागको ठम्याइ छ । राष्ट्रिय परिचयपत्र प्रक्रियाका लागि तीन महिना समय लाग्ने भएकाले केही दिनमै कर्मचारी छनोट गर्ने उनले बताए। कर्मचारीले विवरण संकलनपछि तीन महिनामा जैविक तथा व्यक्तिगत विवरण र विद्युतीय चिप्स एवं सुरक्षासहितको परिचयपत्रमा बायोमेट्रिक प्रणाली प्रयोग गरी राष्ट्रिय परिचय नम्बर उल्लेख भएको कार्ड वितरण गरिने उनले बताए।

परिचय पत्रमा रहेका तथ्यांक अधिकारप्राप्त सरकारी अधिकारीले विशेष अवस्थाबाहेक अरू बेला हेर्न नमिल्ने विशेष व्यवस्था रहेकाले यो कार्डको प्रयोगले व्यक्तिका निजी विवरण जोकसैले जुनसुकै बेला हेर्न नमिल्ने पनि ढकालले बताए। ‘सरकारले व्यवस्थित अभिलेख नराख्दा नागरिक धेरै सेवासुविधाबाट वञ्चित छन्, राष्ट्रिय परिचयपत्रले यी सुविधा प्राप्त हुनेछ,’ उनले भने, ‘यो कार्डले व्यक्तिका निजी विवरण जोकसैले हेर्न मिल्दैन, गोप्य रहन्छन्।’ लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र वितरण पहिलोपटक पाँचथर जिल्लाबाट सुरु गरिएको थियो। राष्ट्रिय परिचयपत्रबारेमा जानकारी दिँदै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सुभाष ढकाल।

प्रकाशित: १० भाद्र २०७६ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App