८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

बियारिज– भारतीय सरकारले कश्मीर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।

कश्मीर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महशुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी–सेभेन सम्मेलनका अवसरमा बताए। यसै महिनाको शुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मिर बिषयमा अमेरिकाले मध्यस्थता गर्ने बताएका थिए। 

तर फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उनले भने, ‘कश्मीर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास दिलाउनुभयो।’

भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत–प्रशासित काश्मिरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो। उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ।

ट्रम्पले प्रधानमन्त्री मोदीसँग कश्मीर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताए। यसअघि प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि ट्रम्पलाई आग्रह गरेका थिए। एएफपी

प्रकाशित: ९ भाद्र २०७६ १६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App