coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अधिकांश पसल अवैध

भक्तपुर- चाँगुनारायण नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको पाइएको छ। आज नगरपालिकाको वडा नम्बर ५ र ७ खरिपाटीका निर्माण सामग्रीको बिक्री वितरण गर्दै आएका पसल, किराना पसल, खाजा घर, चिया पसल, सुनचाँदी पसल र औषधि पसलको अनुगमन गरिएको थियो।

नगर उपप्रमुख बिना बाँस्तोलाको नेतृत्वमा गएको अनुगमन टोलीले खरिपाटीको अमन खाजा घर, जाल्पा खाजा घर, न्यू सर्लाही हेयर डे«सर एण्ड जेन्ट्स पार्लर, अन्जु भेष लेडिज टेलर्स, सुनचाँदी पसल, हार्डवेयर पसल दर्ता नभएको र औषधि पसलले अनुमतिसमेत नलिएको पाएको छ।

निर्माण सामग्रीको खरीद बिक्री मूल्य, दर्ता, सामग्रीको तौललगायत किराना पसलमा दैनिक उपभोग्य वस्तुको अनुगमन गरिएको बाँस्तोलाले बताए। “यहाँका अधिकांश पसल बिना दर्ता सञ्चालन गरेको पाइयो”, उनले भने।

दर्ता नभएका पसललाई १५ दिनभित्र दर्ता गर्न, मूल्य सूचि सबैले देख्ने ठाउँमा राख्न, कारोवार गर्दा अनिवार्य बिल दिन, म्याद नाघेका खानेकुरा छुट्टयाएर राख्न, दर्ता एवम अनुमतिपत्रसमेत नभएका औषधि पसल तुरुन्त बन्द गरी दर्ता एवं अनुमतिपत्र भएका व्यक्ति मात्र पसलमा बस्न अनुगमन टोलीले निर्देशन दिएको छ।रासस

प्रकाशित: ९ भाद्र २०७६ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App