७ वैशाख २०८१ शुक्रबार
समाज

उनन्तीस बोरा चिनी बरामद

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको कलुवापुरबाट प्रहरीले आज भारतबाट राजश्व छलेर ल्याउँदै गरेको २९ बोरा चिनी बरामद गरेको छ। सडक छेउमा राखिएको अवस्थामा चिनीका बोरा बरामद गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए।  

ठूलो परिणामको चिनी राजश्व छलेर खुला सीमानाको फाइदा उठाउँदै तस्करले भारतबाट ल्याइएको हुन सक्ने उनले जानकारी दिए। उनले भने, “चिनी मात्रै बरामद ग¥यो, चिनी कसको हो भन्ने बारे अनुसन्धान भइरहेको छ।” एक लाख रुपैयाँ मूल्य बराबरको बरामद चिनी इलाका प्रहरी कार्यालयमा राखिएको छ।     

यसैगरी, प्रहरीले भारतबाट राजश्व छलेर ल्याउँदै गरेको ९९ थान तयारी अवस्थाको शर्ट, १२ थान टि सर्ट र छ थान बेल्टसमेत कलुवापुरबाट बरामद गरेको छ। बसमा ल्याउँदै गरेका चार बोरा भारतीय भाभिजी नामको खाद्य पदार्थ, उज्याला ब्राण्डको दुई पेटी खाने तेल, हार्डवेयरका समान, रङ्ग लगाउने विभिन्न साइजका ब्रस र दुई बोरा प्लाष्टिक ब्यागसमेत बरामद गरिएको छ।रासस

प्रकाशित: ९ भाद्र २०७६ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App